प्रतिनिधि सभा निर्वाचन : जो ५ सयभन्दा कम मतान्तरले पराजित भए
काठमाडौं । यसपालिको निर्वाचनमा ११ जना उम्मेदवार पाँच सयभन्दा कम मतान्तरले पराजित भएका छन् । पाँच सयभन्दा कम मतान्तरले पराजित हुनेमा सबैभन्दा धेरै नेकपा एमालेका रहेका छन् ।
नेपाली कांग्रेसका तीन, नेकपा माओवादी केन्द्रका एक र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का एक जना उम्मेदवार रहेका छन् । सबैभन्दा थोरै मतले हार्नेमा नेपाली कांग्रेसका भीष्मराज आङदेम्बे रहेका छन् । आङदेम्बे ४६ मतको झिनो मतान्तरले पराजित भएका हुन् ।
इलाम क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का पनि थोरै मतले पराजित भए । उनी १ सय १४ मतान्तरले पराजित भए । खड्का पूर्वसभामुख तथा एमालेका नेता सुवासचन्द्र नेम्वाङसँग पराजय भएका हुन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रवीन्द्र मिश्रले पनि एकदमै थोरै मतान्तरमा पराजित भए । काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका मिश्र नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग पराजय भए । उनी १ सय २५ को मतान्तरले पराजित भएका हुन् ।
त्यस्तै धनुषाको क्षेत्र नम्बर २ का उम्मेदवार नेकपा एमालेका उमाशंकर अरगरिया पनि अत्यन्त थोरै मतले पराजित भए । उनी १ सय ५७ मतन्तरले पराजित भएका हुन् । कांग्रेसका सुरेन्द्र चौधरीले पनि झिनो मतान्तरले पराजय भए ।
पर्सा क्षेत्र नम्बर ३ का उम्मेदवार चौधरी १ सय ६७ मतान्तरले पराजित भए । नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल पनि दुई सयभन्दा कम मतान्तरले पराजित भए । दैलेख निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार पोखरेल १ सय ६७ मतान्तरले पराजित भएका हुन् ।
नेकपा एमालेका महासचिव शंकर पोखरेल पनि थोरै मतान्तरबाट पराजित भए । दाङको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका पोखरेल १ सय ९३ मतको अन्तरले माओवादी केन्द्रकी रेखा शर्मासँग पराजित भए ।
माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री पनि दुई सयभन्दा कम मतान्तरमा पराजित भएको । ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार बुढाक्षेत्री २ सय ८ मतान्तरले एमालेका योगेशकुमार भट्टराईसँग पराजित भएका हुन् ।
दोलखामा एमालेका बालकृष्ण शिवाकोटी ३ सय १५ मतान्तरले पराजित भए । नेकपा माओवादीका गंगा कार्कीले शिवाकोटीलाई पराजित गरेका हुन् ।
एकमात्र क्षेत्र रहेको मनाङमा एमालेका उम्मेदवार पाल्देन छोपाङ गुरुङ पनि झिनो मतान्तरबाट पराजित भए । उनी ३ सय २८ मतले नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङसँग पराजित भएका हुन् ।
मोरङ क्षेत्र नम्बर १ का एमाले उम्मेदवार घनश्याम खतिवडा पनि पाँच सयभन्दा कम मतान्तरले पराजित भए । उनी ४ सय ३० मतले कांग्रेसका डिगबहादुर लिम्बुसँग पराजित भएका हुन् ।
सम्बन्धित समाचार
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

