विश्वकप फुटबल : सेमिफाइनल समिकरण पूरा, अब को बन्ला विजेता ?
जानकारी केन्द्र
२०७९, मंसिर, २५
एजेन्सी । विश्वकप फुटबलको सेमिफाइनल समिकरण पूरा भएको छ । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको हो । शनिबार रातिबाट क्वाटरफाइनल खेल सकिएसँगै विश्वकपको सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो ।
३२ वर्षपछि साविक विजेता र उपविजेताले नै सेमिफाइनलमा स्थान बनाएका छन् । यसअघि १९९० मा जर्मनी र अर्जेन्टिना दोहोरिएका थिए । अहिले फ्रान्स र क्रोएसिया लगातार सेमिफाइनलमा पुगेका हुन् ।
क्वार्टरफाइनलको अन्तिम खेलमा इंग्ल्याण्डलाई पराजित गर्दै साविक विजेता फ्रान्सले अन्तिम ४ मा स्थान बनाएको हो । यसअघि शुक्रबार ब्राजिललाई पराजित गर्दै साविक उपविजेता क्रोएसिया पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।
अब फाइनल प्रवेशका लागि फ्रान्सले मोरक्को र क्रोएसियाले अर्जेन्टिनाको सामना गर्नेछन् । मोरक्को पोर्चुगललाई पराजित गर्दै शनिबार राति नै पहिलो पटक सेमिफाइनलमा पुगेको हो । अर्जेन्टिना नेदरल्याण्ड्सलाई पराजित गर्दै अन्तिम ४ मा पुगेको छ ।
आ–आफ्नो खेलमा विजयी भए फेरि पनि विश्वकपको फाइनलमा गत संस्करणकै टोली दोहोरिने छ । यसअघि १९९० मा पनि जर्मनी र अर्जेन्टिना फाइनलमा भिडेका थिए । जुन विश्वकपमा अर्जेन्टिनासँग अघिल्लो हारको बदला लिँदै जर्मनीले विश्वकपको उपाधि जितेको थियो ।
यसपटक पनि फाइनलमा दोहोरिनका लागि फ्रान्सले मोरक्को र क्रोएसियाले अर्जेन्टिनालाई पन्छाउनु पर्छ । सेमिफाइनलमा आगामी मंगलबार राति पौने १ बजे क्रोएसिया र अर्जेन्टिना तथा बुधबार राति पौने १ बजे फ्रान्स र मोरक्को भिड्ने छन् ।
सम्बन्धित समाचार
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

