विद्यार्थी बोकेको बस दुर्घटना : दुईको मृत्यु, चालक गम्भीर घाइते
जानकारी केन्द्र
२०७९, मंसिर, २६
एजेन्सी । भारतको महाराष्ट्रको रायगढमा विद्यार्थी बोकेको बस आइतबार साँझ दुर्घटना भएको छ । दुर्घटनामा दुई जना विद्यार्थीको मृत्यु भएको छ । बसमा ४८ जना विद्यार्थी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
खोपोली थाना क्षेत्रमा सडकमै बस पल्टेको भारतीय प्रहरीले जनाएको छ । बसमा सवार केही विद्यार्थी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
बसको ब्रेक फेल भएर बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनामा परी विद्यार्थी १७ वर्षीय हितिका खन्ना र १६ वर्षीय राजेश महात्रे रहेको प्रहरीले जनाएको छ ।
विद्यार्थीहरु पिकनिक मनाएर फर्कनेक्रममा आइतबार साँझ करिब ८ बजेतिर बस दुर्घटना भएको थियो । दुर्घटनामा पर्ने कक्षा १० का विद्यार्थीहरु थिए । दुर्घटनामा चालक पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाको दुःख व्यक्त,उद्धार राहतमा सहकार्य गर्ने प्रतिबद्धता
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


