Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु : प्रचण्ड

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, मंसिर, २९
म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्र  का अध्यक्ष पुष्पकमल दाहालले आफू छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने सम्भावना रहेको बताएका छन् । बुधबार पोखरास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सवको उद्घाटन गर्दै अध्यक्ष दाहालले आफू छिट्टै देशको प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताएका हुन् ।

अध्यक्ष दाहालले भनेका छन्, ‘तपाईंको आशीर्वाद र शुभकामना लाग्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु । यो मेरो तेस्रो कार्यकाल हुने अठोट गरेको छु ।’

त्यस्तै उनले आफ्नो पहिलो कार्यकाल राम्रोसँग विधि–प्रक्रिया बुझ्नै नपाइ बितेको उल्लेख गर्दै भनेका छन्, ‘मेरो पहिलो कार्यकाल राम्रोसँग विधि प्रक्रिया बुझ्नै नपाइ बित्यो । दोस्रो कार्यकाल देशको लागि केही महत्वपूर्ण काम गरे भन्ने गर्व छ ।’

यसका साथै अध्यक्ष दाहालले अहिले देशको शासन व्यवस्था र संविधानलाई गति दिने काममा सफल भएको बताउँदै आफू नेतृत्वमा पुगेमा भ्रष्टाचार नियन्त्रण गरेर देशको आर्थिक विकासमा लाग्ने बताए । उनले निर्वाचन आयोगले राष्ट्रिपतिलाई निर्वाचनको परिणाम बुझाएपछि सरकार गठनको प्रक्रिया अघि बढ्ने पनि बताए ।

Top Changing Nepal

युट्युब सट्स