विश्वकप फुटबल : कसले पाउँलान् गोल्डेन बुट ? गोल बराबर भए कसरी हुन्छ निर्णय ?
एजेन्सी । लियोनल मेस्सी र केलियन एमबाप्पेले हालको विश्वकप फुटबलमा समान ५–५ गोल गरेका छन् । दुवै अहिले गोल्डेन बुटका प्रबल दावेदार हुन् ।
अब सबैभन्दा ठूलो प्रश्न के हो भने, फाइनलपछि पनि लियोनल मेस्सी र केलियन एमबाप्पेको गोल बराबरी भयो भने रु फिफा विश्वकपको सबैभन्दा प्रतिष्ठित अवार्ड मध्येको एक गोल्डेन बुट कसलाई दिइन्छ रु
यदि लियोनेल मेस्सी, केलियन एमबाप्पे वा अन्य कुनै खेलाडीले समान गोल गरेका छन् भने जुन खेलाडीले सबैभन्दा कम पेनाल्टी गोल गरेका हुन्छन् ती खेलाडीलाई गोल्डेन बुट दिइनेछ । यस्तो अवस्थामा लियोनल मेस्सीले यो विश्वकपमा ३ पटक पेनाल्टी मार्फत ३ गोल गरेका छन् ।
मेस्सीले नेदरल्याण्ड्स, क्रोएसिया र साउदी अरेबियाविरुद्ध पेनाल्टीमा गोल गरेका छन् । जबकि किलियन एम्बाप्पेले सबै पाँच गोल आउटफिल्डबाट गरेका छन् । अब यदि फाइनलमा लियोनल मेस्सीले गोल गर्छन् तर केलियन एमबाप्पेले कुनै गोल गर्न सकेनन् भने मेस्सीले स्वतः गोल्डेन बुट जित्नेछन् ।
यदि लियोनेल मेस्सी र केलियन एमबाप्पेबीच पेनाल्टी र आउटफिल्ड गोल दुवै बराबरी भएमा गोल्डेन बुट कसले पाउने रु यस्तो अवस्थामा सबैभन्दा बढी असिस्ट गर्ने खेलाडीलाई गोल्डेन बुट दिइनेछ ।
यो अवार्ड सन् १९८२ मा सुरु भएको थियो । त्यसबेला यसलाई गोल्डन शू भनेर चिनिन्थ्यो । २०१० फिफा विश्वकपबाट यसको नाम गोल्डन शूबाट गोल्डेन बुटमा परिवर्तन गरिएको थियो ।
सम्बन्धित समाचार
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
