सर्लाहीको रामनगरमा शसस्त्र प्रहरीका जवान साहमाथी गोली प्रहार
सर्लाही । सर्लाहीको रामनगर गाउँपालिका ७ मा शुक्रबार साँझ गोली प्रहार हुँदा एक सुरक्षाकर्मी घाईते भएका छन् । गोली लागेर शसस्त्र प्रहरीका जवान अन्दाजी ३२ वर्षीय सुरेश साह घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोख्रेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार काभ्रेमा कार्यरत शसस्त्र प्रहरी जवान साह बिदामा घर आएका थिए । साथीहरुसँगै बसेर खाजा खाइरहेका बेला शुक्रबार साँझ करिब ७ बजे शसस्त्र प्रहरी जवान साहमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
पाखुरामा एक गोली लागेर घाइते भएका शसस्त्र प्रहरी जवान साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यावदले जानकारी दिनुभयो ।
उहाँका अनुसार शसस्त्र प्रहरी जवान साहको अवस्था सामान्य रहेको छ । घटनामा संलग्नमध्ये रामप्रवेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घटनाका विषयमा आवश्यक अनुसन्धान सुरु भएको प्रहरीका प्रवक्ता यादवले बताउनु भयो । घटनाका सम्वन्धमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

