फ्रान्सका कप्तान लोरिसले भने- ‘अर्जेन्टिनाको टोली उत्कृष्ट छ, उनीहरूसँग मेस्सी छन्’
एजेन्सी । फ्रान्सका गोलकिपर तथा कप्तान ह्युगो लोरिसले अर्जेन्टिना उत्कृष्ट टोली भएको बताएका छन् । उनीहरूले आफूहरू कत्तिको प्रतिस्पर्धी छन् भनेर देखाइसकेका छन् र उनीहरूसँग प्रतियोगितामा ठूलो प्रभाव पार्ने मेस्सी छन्, तर हामी थकित छौं । यससँगै उनले आइतबार हुने विश्वकपको फाइनलमा अर्जेन्टिनासँग कडा प्रतिस्पर्धा हुने पनि बताए ।
लियोनल मेस्सीले आफ्नो पहिलो विश्वकप जित्नको लागि आफ्नो सम्पूर्ण जीवन अर्पण गर्ने कुरा गरेका छन् । यससँगै उनले यो विश्वकप आफ्नो लागि अन्तिम पनि भनेका छन् । उनी भन्छन्- ‘फ्रान्सेली टोली २०१८ मा जितेको उपाधि कायम राख्न मैदान उत्रनेछ । दर्शकले कडा टक्कर हेर्न पाउनेछन् ।’
सेमिफाइनलमा मोरक्कोलाई २–० ले हराएपछि लोरिसले अर्जेन्टिना उत्कृष्ट टोली भएको बताएका हुन् । उनले थप भने, ‘हामी पनि सन्तुष्ट छौँ, किनभने हामीले आफैंलाई फ्रान्सका लागि इतिहास रच्ने सुनौलो अवसर दिएको छौँ । चार वर्षमा दोस्रो फाइनल । हामी फाइनलमा कडा र अन्तिम भिडन्तको लागि तयार हुनुपर्छ ।
तेस्रो उपाधिबाट एक जित टाढा
साविक विजेता फ्रान्सका लागि अर्जेन्टिनाको चुनौती सहज छैन । सन् १९७८ र १९८६ मा विश्वकप जितेको अर्जेन्टिना ३६ वर्षदेखि यो उपाधिको प्रतिक्षामा छ । अर्जेन्टिना पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएको थियो तर त्यसपछि मेस्सीको टोलीले बलियो पुनरागमन गरेको थियो । सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराउँदै अर्जेन्टिनाले फाइनलमा स्थान पक्का गरेको हो । अब ऊ तेस्रो उपाधिबाट एक जित टाढा छ ।
फ्रान्सले इतिहास दोहोर्याउन सक्छ
सेमिफाइनलमा मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स फाइनलमा पुगेको हो । अब फ्रान्ससँग लगातार दुई विश्वकप जितेर इतिहास रच्ने सुनौलो मौका छ । यसअघि सन् १९३४ र १९३८ मा इटाली र १९५८ र १९६२ मा ब्राजिलले लगातार दुई पटक विश्वकप जितेको थियो । त्यस्तै, फ्रान्ससँग ६० वर्षपछि इतिहास दोहोर्याउने ठूलो मौका छ ।
सम्बन्धित समाचार
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
