प्रचण्डले पहिलो चरणको प्रधानमन्त्रीमा दाबी गर्दा देउवा मौन, एमालेसँग सहकार्यको लागि आँफै पहल थाल्ने प्रचण्डको तयारी !
काठमाडौं । मंसिर ४ गते सम्पन्न संघ र प्रदेशको निर्वाचनमा प्रत्यक्षमा १८ र समानुपातिकतर्फ १४ सिटसहित ३२ सिट ल्याएर संसद्को तेस्रो ठूलो दल बनेको नेकपा (माओवादी केन्द्र) ले आफ्नै नेतृत्वमा सरकार गठनको लागि पहल थालेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धनबाटै सरकार गठनको गृहकार्य थालेका छन् । र, अब बन्ने सरकारको पहिलो चरणको नेतृत्वपनि आँफै गर्ने उनको चाहना छ ।
हिजो ९शनिबार० भने दाहालले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नयाँ सरकार गठनबारे छलफल गरेका थिए । सो भेटवार्तामा दाहालले सरकार गठन, शक्ति बाँडफाँडको विषयमा देउवासँग कुरा राखेका थिए । तर, देउवाले भने यसबारेमा कुनै जवाफ नदिएको बालुवाटार स्रोतको दाबी छ । बरु, देउवाले आफ्नो दलमा संसदीय दलको नेताको लागि निर्वाचनको तयारी थालिएको भन्दै दलको नेता चयन नभएसम्म सरकार गठन र शक्ति बाँडफाँडको विषयमा कुरा नगर्ने अडान लिएका थिए ।
निर्वाचनअघि दाहालसँग देउवाले निर्वाचनपछिको सरकारको नेतृत्व गर्न दिने सहमति जनाएको माओवादी केन्द्रका नेताहरुको भनाई बाहिर आउन थालेको छ । दाहालले पनि हालै काँस्कीको एक कार्यक्रममा आफू छिट्टै मुलुकको नेतृत्व गर्ने ठाउँमा पुग्ने भन्दै गठबन्धनबाटै अबको सरकारको नेतृत्व गर्ने खुलासा गरेका थिए । दाहालको उक्त अभिव्यक्तिले कांग्रेसमा भने तरंग पैदा गरेको छ । कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले त अबको सरकारको नेतृत्व पनि देउवाले नै गर्ने भन्दै दाहाललाई प्रधानमन्त्री बनाउनेबारे कुनै छलफल पनि नभएको स्पष्ट पारिसकेका छन् ।
प्रचण्डले भने कांग्रेसले सरकारको नेतृत्व पहिलो चरणमा आफूलाई गर्न नदिए गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्नेगरि छलफल अघि बढाएका छन् । एमालेका नेताहरु पनि कांग्रेस नेतृत्वको गठबन्धन तोड्न चाहन्छन् । उनीहरु यतिवेला माओवादी केन्द्रका नेताहरुसँग भेटवार्तामा रहेका छन् ।
दाहालले आफूले नै त्याग गरेर देउवालाई गठबन्धनको तर्फबाट मुलुकको नेतृत्व गर्ने तहमा पुर्याएको र गठबन्धनकै कारण कांग्रेस ठूलो दल बनेकोले कांग्रेसले आफूलाई त्यसको गुण तिर्नुपर्ने अडान लिएका छन् । देउवा दाहालसँग आलोपालो सरकारको नेतृत्व गर्न तयार रहेको बुझिएको छ । तर, पहिलो चरणमा प्रधानमन्त्री दिन भने देउवाले पनि चाहेका छैनन् । देउवाको रणनीति बुझेका दाहालले गठबन्धन टुटाएर एमालेसँग सहकार्यको लागि हात बढाए आश्चर्य नमान्न माओवादी केन्द्रका नेताहरुको पनि टिप्पणी छ ।
दाहालले देउवासँगको भेटवार्तामा सरकारको नेतृत्व पहिलो चरणमा कसले गर्ने भन्नेमात्रै नभएर राष्ट्रपति, उपरराष्ट्रपति र सभामुखजस्ता प्रमुख पदको भागवण्डाबारे पनि छलफल गर्न चाहेका थिए । तर, देउवाले दलको नेताको चुनाव हुन लागेकोले नेता चयन नभएसम्म पर्खन आग्रह गरेको बुझिएको छ ।
सम्बन्धित समाचार
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

