सप्तरीमा ५ जना युवाको मृत्यु, स्वास्थ्य मन्त्रालयले भन्यो- ‘अत्यधिक जाँड रक्सी सेवन’
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सप्तरीको कञ्चनरूप नगरपालिकाका पाँच जनाको मृत्यु उपचार नपाएर नभइ अत्यधिक जाँड–रक्सी खाएका कारण उत्पन्न समस्याले गर्दा भएको दाबी गरेको छ ।
उपचार नपाएर कञ्चनरूप गाउँपालिकाका पाँच जना व्यक्तिको ज्यान गएको भनि विभिन्न सञ्चार माध्ययमा खबर प्रकाशन भएपछि मन्त्रालयले स्थलगत निरीक्षण गर्दा उपचार नपाएर ज्यान गएको कुरा सत्य नभइ जाँड–रक्सी खाएको र चेतनाको कमीले भएको पाइएको दाबी गरेको हो ।
मन्त्रालयले निकालेको विज्ञप्तिमा वडा नम्बर ५ का सुरज सदाले अत्यधिक जाँड–रक्सी खाएको कारण विदेशबाट फिर्ता पठाएको र जाँड–रक्सीका कारण कलेजो काम नलाग्ने भएका सदाको उपचारकै क्रममा ज्यान गएको दाबी गरेको छ ।
यस्तै वडा नम्बर ८ का चन्दु सदा र वडा नम्बर ९ का भिखो खङ्गको पनि जाँड–रक्सीकै कारण ज्यान गएको स्वास्थ्य मन्त्रालयको दाबी छ ।
वडा नम्बर ४ का राजदेव सदाको उपचारको क्रममा एक वर्षअघि नै काठमाडौंमा ज्यान गएको र वडा नम्बर ४ की बबिता पासवान जन्मताज सुस्त मनस्थितिकी रहेकी र अवस्था बिग्रिएर उपचारकै क्रममा ज्यान गएको मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तिमा मन्त्रालयले कञ्चनरूप नगरपालिकाले नगरप्रमुख निःशुल्क घरदैलो स्वास्थ्य शिविर लगायतका स्वास्थ्य जाँच तथा अरू स्वास्थ्य उपचार सम्बन्धी कार्यक्रम गरिरहेको दाबी पनि गरेको छ ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


