GOAT सम्बन्धी बहस समाप्त, मेस्सी शताब्दीकै उत्कृष्ट फुटबलर !
एजेन्सी । यो शताब्दीको महान फुटबलर को हुन् ? यस बहसलाई लियोनल मेस्सीले ब्रेक लगाएका छन् । अर्जेन्टिनालाई विश्वकप जिताएर उनले GOAT र क्रिस्टियानो रोनाल्डोसँगको तुलनालाई लिएर दैनिक बहसको अन्त्य गरेका छन् ।
२ पटकको च्याम्पियन फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले फिफा विश्वकप ट्रफी जितेको छ । अर्जेन्टिनाको यो तेस्रो फिफा विश्वकप ट्रफी हो । उसले यसअघि सन् १९८६ मा यो उपाधि हात पारेका थियो । त्यसबेला अर्जेन्टिनाका नायक डिएगो म्याराडोना थिए । यस पटक लियोनल मेस्सी अर्जेन्टिनाका सुपरहिरो साबित भएका छन् ।
फिफा विश्वकप २०२२ को फाइनल डिसेम्बर १८ आइतबार कतारमा खेलिएको थियो । जसमा दुई पटकको च्याम्पियन फ्रान्सले अर्जेन्टिनाको सामना गरेको थियो । फ्रान्सले २०१८ मा पनि उपाधि जितेको थियो । यसरी उसले लगातार दुई पटक उपाधि जित्ने मौका पाएको थियो ।
तर, लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सको यो सपना तोड्यो । यो जितसँगै अर्जेन्टिनाको विश्वकप ट्रफी जित्ने लामो प्रतीक्षाको अन्त्य भएको छ । यससँगै यो शताब्दीको महान् फुटबलर को हुन् भन्ने बहस पनि समाप्त भयो ।
जे होस्, अर्जेन्टिनाका कट्टर प्रतिद्वन्द्वी इङ्ल्यान्डका ग्यारी लिनेकर लगायत धेरै दिग्गजहरूले लियोनेल मेस्सीको टोली फाइनलमा पुगेकै दिन न्इब्त् सम्बन्धी बहस समाप्त हुने स्वीकार गरेका थिए । विश्वको उत्कृष्ट फुटबलर को हो रु यस बहसको अन्त्य गर्दै ग्यारी लिनेकरले ट्वीट गर्दै भनेका छन्- ‘के अझै कुनै बहस बाँकी छ रु अझै कसैले न्इब्त् बारे सोध्नु पर्छ ।’
लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले सन् २००० को सुरुदेखि नै फुटबल जगतमा प्रभुत्व जमाउँदै आएका छन् । यी दुईबीच मैदानमा मात्रै होइन बाहिर पनि प्रतिस्पर्धा छ । मेस्सी र रोनाल्डोका फ्यानहरूले आफ्ना मनपर्ने खेलाडीलाई ग्रेट अफ अल टाइम अर्थात् न्इब्त् भनेका छन् ।
पैसा र प्रसिद्धिको हिसाबले दुवै वरपर छन् । तर विश्वकप जितेसँगै मेस्सीले उपलब्धिको मामिलामा रोनाल्डोलाई निकै पछाडि छोडेका छन् । लियोनल मेस्सीको नेतृत्वमा अर्जेन्टिनाको टोली दुई पटक फिफा विश्वकपको फाइनलमा पुग्न सफल भयो । यस पटक उपाधि जित्यो भने एक पटक उपविजेता बनेर सन्तुष्ट हुनु परेको थियो ।
रोनाल्डोले आफ्नो राष्ट्रिय टोली पोर्चुगललाई एक पटक पनि विश्वकपको फाइनलमा पुर्याउन सकेनन् । तर, उनले आफ्नो टोलीलाई युरो च्याम्पियन बनाएका छन् । अवार्डको कुरा गर्ने हो भने लियोनल मेस्सीले फिफा विश्वकपमा गोल्डेन बुटको उपाधि मात्र जितेका छैनन् ।
७ वटा बालोन डी’ओर अवार्ड पनि मेस्सीको नाममा छ, जुन विश्व कीर्तिमान हो । रोनाल्डोले ५ बालोन डी’ओर अवार्ड जितिसकेका छन् । त्यस्तै मेस्सीले ६ वटा युरोपियन गोल्डेन शु अवार्ड जितेका छन् भने रोनाल्डोले मात्र ४ पटक यो अवार्ड जित्न सकेका छन् ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


