विश्वकप फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी एम्बाप्पे
काठमाडौँ । फ्रेन्च सुपरस्टार केलिएन एम्बाप्पे विश्वकपको ९२ वर्षे इतिहासमा फाइनल खेलमा ह्याट्रिक गोल पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि १९६६ मा इंग्ल्याण्डका जिओफ हर्स्टले फाइनलमा ह्याट्रिक गरेका थिए ।
फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेइन पीएसजीका एम्बाप्पेले अर्जेन्टिनाले दुईपल्ट अग्रता लिएको अवस्थामा गोल गरी खेल बराबरीमा ल्याए । पहिलो हाफमै अर्जेन्टिनाले २ गोलको अग्रता बनाएर फ्रान्सलाई दबावमा राखेको थियो ।
दोस्रो हाफमा सुधारिएको फ्रान्सका लागि एम्बाप्पेले २ गोल गरी खेललाई अतिरिक्त समयमा लगेका थिए । उनले ८०औं मिनेटमा पेनाल्टीमा गोल गरे । त्यसको अर्को मिनेटमै गोल गरी खेल बराबरी गरेका थिए ।
३० मिनेटको अतिरिक्त समयमा लियोनल मेसीले अर्जेन्टिनाका लागि गोल गर्दा फ्रान्स फेरि पछि परेको थियो । तर, ११८ औं मिनेटमा पेनाल्टीमार्फत नै गोल गरी विश्वकपमा आफ्नो ह्याट्रिक पूरा गरे तथा खेल बराबरीमा ल्याए ।
पेनाल्टी शुटआउटमा फ्रान्सका दुई खेलाडीले गोल गर्न नसक्दा अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी रह्यो । विश्वकपमा ८ गोल गरी एम्बाप्पेले गोल्डेन बुट अवार्ड जितेका छन् ।
चार वर्षअघि फ्रान्सलाई विश्वकप जिताउन निर्णायक प्रदर्शन गरेका एम्बाप्पेले विश्वकपमा अहिलेसम्म १२ गोल गरेका छन् ।
सम्बन्धित समाचार
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
