हरेक तीन वर्षमा फिफा विश्वकप!
काठमाडौँ । कतार विश्वकपको ‘व्यबसायिक सफल्ता’ पछि फिफाले हरेक तीन वर्षमा विश्वकप गर्नुपर्ने विषयमा छलफल अगाडि बढाएको छ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले कतार विश्वकप फिफाका लागि ‘व्यबसायिक’ रुपमा सर्वाधिक सफल विश्वकप भएको भन्दै फुटबलको विश्वब्यापि प्रभावलाई मध्यनजर गर्दे हरेक तीन वर्षमा विश्वकप आयोजना गर्ने बारेमा लङ्गटम योजना बनाएर कार्यन्वयन गर्नु पर्ने विषयमा आफ्नो धारणा राखेका हुन्।
२०२५ को क्लब विश्वकपका विषयमा छलफल गर्नका लागि भएको बैठकमा अध्यक्ष इन्फान्टिनोले उक्त धारणा सार्वजानिक गरेका थिए। उनले क्लब, खेलाडी र अन्तर्राष्ट्रिय फुटबल संघहरू समक्ष हरेक ४ वर्षमा हुने विश्वकपका बारेमा पुनर्विचार गर्दै फुटबलको लोकप्रियतालाई थप उचाईमा पुर्यालउन हरेक ३ वर्षमा विश्वकप आयोजना गर्नु पर्ने धारणा राखेका थिए।
उनले जाडो महिनामा आयोजना भएको यो विश्वकप गेम चेन्जर सावित भएको बताए। उनले युरोपमासमेत यस्को लोकप्रियता उत्कर्षमा पुगेको भन्दै पछिल्लो एक महिनामा विश्वमा फुटबलको नयाँ आयामहरू देखिएको बताए।
कतार विश्वकपमा खेलाडी बढी चोटिल भएको तथा थाकेका रिपोर्टहरु सार्वजानिक भइरहँदा फिफाले एतिहासिक रकम कलेक्सन गरेको थियो। प्रतियोगिताबाट ६।२ बिलियन पाउन्ड बराबरको राजस्व संकलन भएको थियो। रुसमा २०१८ मा ८ सय ४० मिलियन पाउन्ड संकलन भएको थियो।
यद्यपि २०३० को विश्वकप सम्म यो परिवर्तन सम्भव हुने सम्भावना कमजोर रहेको छ। कीनकी फुटबका २०२४ देखी २०३० सम्मको क्यालेन्डर लगभग तयार भइसकेको छ। तर यो विषय चर्चा सुरु भएसँगै फिफाले चाहेमा भने परिवर्तन सक्ने सम्भावना बलियो बनेको छ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


