सोलुखुम्बुमा आगलागी, पाँच घर जलेर नष्ट
काठमाडौं । सोलुखुम्बुमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–१ स्थित नेले बजारमा आगोले पाँच घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
स्थानीय बुद्धिबहादुर कार्कीको घरबाट विद्युत् सर्ट भएर सुरु भएको आगोले बुद्धिबहादुरको घरसहित कल्पना बस्नेत, रमेश बस्नेत र गणेश बस्नेतको घर नष्ट भएको छ । प्रणय राईको घरमा आगो प्रवेश गरेको छ ।
आगो नियन्त्रणका लागि अहिले स्थानीय र प्रहरीले पहल गरिरहेका छन् । सल्लेरीबाट नगरपालिकाको दमकल झिकाएको वडाध्यक्ष घनराज सुनुवारले बताउनुभयो ।
आगो नियन्त्रणका लागि जिल्लाबाट प्रहरी निरीक्षक अनिल मिश्रको नेतृत्वमा प्रहरी टोलीसहित सोलुदुधकुण्ड नगरपालिकाको दम्कल प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक रामकिशोर शाहले बताउनुभयो । घटना बारे विस्तृत विवरण आउन बाँकी छ ।
सम्बन्धित समाचार
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
