सन्दीप लामिछानेको ‘पुनरावेदन’ पेशी आज
काठमाडौँ । बलात्कार आरोप लागेर पुर्पक्षका लागि थुनामा रहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पेशी बिहीबार हुँदैछ । उनलाई थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध गरेको पुनरावेदनको पेशी आजलाई तोकिएको हो ।
यसअघि काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। यसअघि भएको सुनुवाइमा उनलाई धरौटी वा साधारण तारेखमा छाड्न सन्दीपका वकिलहरूले आग्रह गरेका थिए।
तर अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। सन्दीप अहिले केन्द्रीय कारागार सुन्धारामा रहेका छन्। सन्दीपले एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लगेको छ। सन्दीपले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन्।
सन्दीपका वकिलहरुले किशोरीले जन्म दर्ता सच्याउँदै प्रतिलिपि जन्म दर्ता बनाएर उमेर घटाउँदै नागरिकता बनाएकोको दावी गर्दै आएका छन्।
वकिलहरूले उनको वास्तविक जन्ममितिसमेत अदालतमा प्रस्तुत गर्ने बताएका छन्।
सम्बन्धित समाचार
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
