केन्द्रीय कारागारबाट छुटे शोभराज, अध्यागमनको जिम्मा लगाइने
काठमाडौँ । केन्द्रीय कारागारबाट छुटे शोभराज, अध्यागमनको जिम्मा लगाइने कुख्यात अपराधी चाल्स सोभराजलाई सुनधारस्थित केन्द्रीय कारागारबाट छुटाइएको छ। बुधबार सर्वोच्च अदाललते दिएको आदेशनुसार उनलाई थुनामुक्त गरेर अध्यागमन विभागलाई जिम्मा लगाउन लागिएको हो। सर्वोच्चले उनलाई बुधबार नै रिहा गरेर १५ दिनभित्र आफ्नै देश फ्रान्स पठाउन भनेको छ।
सुनधारास्थित केन्द्रीय कारागारबाट उनलाई केहीबर अघि निकालिएको छ। केन्द्रीय कारागारका जेलर इश्वरप्रसाद पाण्डेका अनुसार उनलाई अब अध्यागमन विभागको जिम्मा लगायनेछ। सरकारले शोभराजलाई नियन्त्रणकै अवस्थामा उनकै देशमा डिपोट गर्ने तयारी गरेको छ। यसअघि कारागारले अदालतको आदेश स्पष्ट नभएको भन्दै छाड्न आनाकानी गरेको थियो।
अध्यागमनको नियन्त्रणमा राख्ने गरी शोभराजलाई जेलबाट बाहिर निकालिएको हो। बिहीबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले १० महिना कैद छुट दिँदै उनलाई थुनामुक्त गर्न बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो। जेलमा रहेको ६५ वर्षभन्दा माथि उमेर भएका जेष्ठ नागरिकले ७५ प्रतिशतभन्दा बढी सजाय काटिसकेको अवस्थामा कैद सजाय छुट दिन सकिने व्यवस्थाअनुसार सर्वोच्चले उनलाई जेलमुक्त गर्न आदेश दिएको हो।
शोभराजले २०३२ सालमा जबरजस्ती करणी गरी दुई विदेशी नागरिकलाई हत्या गरेको अभियोगमा भक्तपुर जिल्ला अदाललते २०६० असोज २ गतेदेखि २०८० असोज १ गतेसम्म कैदमा राख्न आदेश दिएको थियो।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


