कांग्रेसलाई प्रचण्डको प्रष्ट जवाफ : पहिलो चरणमा सरकारको नेतृत्व मैले गर्न पाउनुपर्छ
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनबाटै सरकारको नेतृत्व गर्ने चाहना राखेका छन् । अब बन्ने सरकारको पहिलो चरणको नेतृत्वमा दाहालले आफ्नो दाबी पेश गरेर कांग्रेसलाई दबाबमा राखेका छन् । मंसिर ४ गते सम्पन्न निर्वाचनमा कांग्रेस ८९ सिटसहित पहिलो दल बनेको छ । माओवादी ३२ सिटसहित तेस्रो स्थानमा छ ।
तर, निर्वाचनअघि कांग्रेसलाई सरकारको नेतृत्व सुम्पिन महत्वपूर्ण योगदान दिएको र गठबन्धनकै कारण कांग्रेस पहिलो दल बनेकोले अब बन्ने सरकारमा भने माओवादीले पहिलो चरणको नेतृत्व गर्नुपर्ने प्रचण्डको अडान छ । हिजो संसदीय दलको नेतामा सर्वसम्मत् भएलगत्तै दाहाल प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासँग पावर सेयरिङको लागि बालुवाटार पुगेका थिए ।
सो भेटवार्तामा सरकारको नेतृत्वबारे गम्भीर छलफल भएको थियो । देउवाले पहिलो चरणमा आफू नै प्रधानमन्त्री बन्ने अडान राखेका थिए । दाहालले पनि आफ्नो अडान राखे । कांग्रेसले भने राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान लिएको छ । आज साँझसम्म दुवै नेता बसेर सत्ता–सहकार्यको भागबण्डा टुँगो लगाउने चर्चा छ । देउवाले आफ्नो दूतको रुपमा प्रकाशमान सिंहलाई आज विहान खुमलटार पठाएका थिए ।
सो क्रममा सिंहले पहिलो चरणमा देउवा नै प्रधानमन्त्री बन्ने कुरा राखेका थिए । सिंहले सो कुरा राख्न नपाउँदै दाहालले अब सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने कुरा राखे । उनी आफ्नो अडानबाट टसमस नभएको कुरा सिंहले देउवालाई ब्रिफिङ गरिसकेका छन् ।
सिंहलाई प्रचण्डले प्रष्ट रुपमा पहिलो चरणको सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने कुरा राखेका छन् । माओवादीले गठबन्धनबाट पहिलो चरणमा सरकारको नेतृत्व गर्न नपाए एमालेसँग सहकार्यको लागि गृहकार्य थालेको छ । एमालेले पनि प्रचण्डलाई प्रधानमन्त्री दिने भनिसकेको छ ।
सम्बन्धित समाचार
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
