कोभिडपछि पहिलोपटक रसुवागढी नाका खुल्यो, एकैदिन ५० लाखको सामान निर्यात
जानकारी केन्द्र
२०७९, पुष, १३
काठमाडौं । कोभिड-१९ को महामारीपछि पहिलो पटक मंगलबार रसुवागढी नाका खुलेको छ। नाका खुलेकै दिन नेपालबाट ५० लाख ७० हजार मूल्य बराबरको वस्तु निर्यात भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायण प्रसाद भण्डारीले बताए। ‘आठ ट्रक सामान भन्सार पास भएकोमा ६ ट्रक सामान चीन पुगेको छ,’ उनले भने। उनका अनुसार ती वस्तुको भन्सार पास एक हप्ता अघि नै भएको थियो।
कोभिड महामारीका कारण २०७६ चैतमा सरकारले नेपाल भित्रने सबै नाका बन्द गरेको थियो। त्यसयता सो नाकाबाट नेपाली वस्तुको निर्यात ठप्प थियो। कार्यालयका अनुसार तत्कालका लागि रसुवागढी नाका मात्रै खुलेको हो। सिन्धुपाल्चोकको नाका भने नेपाली वस्तु निर्यातका लागि अझै बन्द छ। यो नाकाबाट आयात भने भइरहेको छ।
सम्बन्धित समाचार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
