विदेशबाट घर परिवारलाई मोबाइल उपहार ल्याउँदै हुनुहुन्छ ? विमानस्थलमै जफत होला नी १
काठमाडौँ । के तपाईं वैदेशिक रोजगारीबाट फर्कँदै हुनुहुन्छ रु परिवारका सदस्यलाई मोबाइल उपहार ल्याउने सोच त बनाउनु भएको छैन रु सोच बनाउनु भएको छ भने अब त्यो सोच बदलिदिनुहोस । सरकारले विदेशबाट फर्किने नेपालीले १ भन्दा बढी फोन ल्याएर आएमा १८ प्रतिशत कर तिराउने र २ भन्दा बढी फोन ल्याएमा जफत गर्ने तयारी गरेको छ ।
व्यक्तिले प्रयोग गरिरहेको सहित थप एउटा मोबाइल ल्याएको छ भने दोस्रो मोबाइलको लागि अनिवार्य रुपमा भन्सार विभागलाई १८ प्रतिशत कर तिर्नु पर्नेछ । तर तेस्रो फोन पनि बोकेर आएको खण्डमा भने विमानस्थलमै जफत गर्ने गरी सरकार अघि बढेको छ । सरकारले आगामी पुस १५ गतेपछि मोबाइल भित्र्याउने नियमहरूमा कडाई गर्ने तयारी गरिरहेको छ । व्यक्तिले विदेशबाट एउटा मोबाइल ल्याउँदा ५ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर गरी कुल १८ प्रतिशत कर अनिवार्य तिर्नुपर्ने छ।
भन्सार राजस्व तिरिसकेपछि उक्त मोबाइलका लागि विभागले प्रज्ञापनपत्र दिन्छ। अहिले नेपाल दूरसञ्चार प्राधिकरण मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडिएमएस० प्रणाली लागू गरेको छ। गैरकानुनी बाटोबाट आएका मोबाइलको प्रयोगलाई रोक्न भन्दै प्राधिकरणले यो प्राणाली लागू गरेको हो । यो प्रणाली लागू भएपछि आधिकारिक रुपमा आयात भएका फोन बाहेक अरू फोन दर्ता गर्नुपर्ने हुन्छ ।
अवैध ढंगमा मोबाइल भित्र्याउने प्रवृत्ति रोक्न दूरसञ्चार प्राधिकरणले लागू गरेको एमडिएमएसलाई प्रभावकारी बनाउन पनि भन्सार विभागले विदेशबाट ल्याइने फोनको भन्सार शुल्क तिराउने विषयमा कडाइ गर्न खोजेको दाबी गरेको छ ।
सरकारले यस्तो नियम ल्याएपछि सामाजिक सञ्जालमा यसको विरोध पनि भइरहेको छ । देश चलाउने रेमिट्यान्स पठाउने नेपाली दाजुभाइ स्वदेश फर्किंदा घर परिवारलाई १ थान मोबाइल पनि ल्याउन नदिने कस्तो सरकार हो भन्दै यो निर्णयप्रति प्रश्न उठाइरहेका छन् ।
सम्बन्धित समाचार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
