४२ लाख ८० हजार डोज खोप कोल्डस्टोरमै थन्कियो
काठमाडौं । सात प्रदेशसहित स्वास्थ्य सेवा विभागको कोल्डस्टोरमा ४७ लाख डोजभन्दा बढी खोप थन्किएको पाइएको छ । त्यसमध्ये साइनोभ्याक र भेरोसिल गरेर ४२ लाख ८० हजार डोज खोप थन्किएको छ । सो संख्यामा मौज्दात रहेको खोप खेर जाने अवस्थामा समेत छ । विश्व स्वास्थ्य संगठनले यी दुवै खोपलाई बुस्टर डोजका रूपमा दिन अनुमति दिएको छैन । ४७ लाखमध्ये बाँकी ४ लाख ८० हजार फाइजर खोप भने बालबालिकालाई प्रयोग गर्न सकिने अवस्थामा छ ।
४२ लाख ८० हजार डोज कोल्डस्टोरमा मौज्दात रहेकै अवस्थामा सरकारले कोरोना भाइरसविरुद्धको चौथो डोज खोप ल्याउने तयारी गरेको छ । पहिलो, दोस्रो र तेस्रो डोज खोप लगाइसकेका नागरिकलाई चौथो डोज दिनेगरी फाइजर खोप ल्याउन लागिएको हो । सरकारले छिमेकी मुलुकमा कोभिड–१९ को संक्रमण फरक स्वरूपमा फैलिँदै गएपछि सचेत रहन आमजनतामा आग्रह गर्दै गर्दा दोस्रो बुस्टर मात्राको खोप ल्याउन प्रक्रिया अघि बढाएको हो । सो खोप कोभ्याक्स सुविधामार्फत ल्याइँदै छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख सागर दाहालले पहिलो चरणमा ३० लाख फाइजर खोप ल्याउन प्रक्रिया अघि बढाइएको जानकारी दिए । उनका अनुसार त्यसमध्ये १५ लाख दोस्रो बुस्टर डोजका रूपमा प्रयोग हुने छ भने बाँकी १५ लाख पहिलो र दोस्रो मात्रा लगाएकालाई पहिलो बुस्टर डोजका रूपमा दिइनेछ ।
दोस्रो बुस्टर मात्राका लागि ल्याइने खोप जनवरी अन्तिमसम्ममा नेपाल आइपुग्ने दाहालले बताए । सो खोप ल्याउन औषधि व्यवस्था विभागले बुधबार मात्रै अनुमति दिएको छ । विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार आपतकालीन प्रयोगका लागि फाइजर खोपको बुस्टर डोजलाई अनुमति दिइएको हो ।
यसअघि सो खोप १२ वर्षमुनिका बालबालिकालाई पहिलो र दोस्रो डोजका रूपमा लगाइएको थियो । तर, अहिले भने एडल्ट फाइजर खोपलाई बुस्टरका रूपमा मात्रै प्रयोग गरिनेछ । यसअघि भने सरकारले १८ वर्षमाथिका नागरिकलाई एस्ट्राजेनेका, कोभिसिल्ड खोप बुस्टर डोजका रूपमा दिइएको थियो । परिवार कल्याण महाशाखाले चौथो डोज खोप दिने निर्णय भने गत २० कात्तिकमा नै गरेको थियो । यो खबर आजको राजधानीदैनिकमा प्रकाशित छ ।
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
