‘गृहमन्त्रीका मुद्दा सही कार्यान्वयनमा संशय’
काठमाडौं । राजनीतिक यात्राको ६ महिनामै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाए । मन्त्री भएको चार दिनयताका गतिविधि हेर्दा उनले थप लोकप्रियता चाहेको त होइन भन्ने आशंका व्यक्त गर्न थालिएको छ। तीन दिनको अन्तरमा जारी दुई फरक विज्ञप्तिलाई लिएर लामिछानेमाथि आशंका गर्न थालिएको हो।
जिम्मेवारी सम्हालेको दोस्रो दिन नै गृहमन्त्री लामिछानेले मन्त्रालयका सचिव र कर्मचारीहरू बोलाएर कार्यविधिविपरीत विभिन्न व्यक्तिको निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउन निर्देशन दिए। सोहीबमोजिम मन्त्रालयले त्यही दिन विज्ञप्ति जारी गरेर कार्यविधिविपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घन्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सबै सुरक्षा निकायलाई निर्देशन दियो। शुक्रबारसम्म १०० भन्दा बढी सुरक्षाकर्मी फिर्ता भइसकेको जनाइएको छ ।
त्यस्तै गृहमन्त्री लामिछानेको निर्देशनमा बिहीबार मन्त्रालयका प्रवक्ता एवं शान्तिसुरक्षा महाशाखा प्रमुख फणीन्द्रमणि पोखरेलले सुरक्षा निकायका पदाधिकारीहरूलाई आफूखुसी कूटनीतिक नियोग र राजनीतिक नेतृत्वसँग भेट गर्न रोक लगाउने आशयको विज्ञप्ति जारी गरेका छन्।
विज्ञप्तिमा सुरक्षा निकायका कतिपय पदाधिकारी कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कूटनीतिक नियोग, राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएको उल्लेख गर्दै भनिएको छ, ‘कूटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भए स्पष्ट प्रयोजनसाथ विभागीय स्वीकृति लिएर मात्र गर्नू९गराउनू।’
मन्त्रालयको निर्देशनको प्रभावकारी कार्यान्वयन र अनुगमन गर्न सम्बन्धित संगठन प्रमुखले गर्नुपर्र्ने विज्ञप्तिमा उल्लेख छ। निर्देशनविपरीत कार्य गरेको पाइए अनुशासनसम्बन्धी कारबाही हुने व्यहोरा पनि विज्ञप्तिमा समेटिएको छ।
गृहमन्त्री लामिछानेले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यासम्बन्धी विषयको छानबिनलाई थप प्रभावकारी बनाउने घोषणा गरेका थिए। यसबाहेक उनले सरकारभित्रै पनि आफू प्रतिपक्षीको भूमिकामा रहनेसमेत बताएका थिए।
त्यसैक्रममा सार्वजनिक सुरक्षा र जनजीविकाका सवालमा आफूले काम गर्ने घोषणा पनि उनीबाट भएको थियो। यस्ता अभिव्यक्तिमार्फत उनले लोकप्रियता कमाउने दाउ राखेको प्रस्ट हुन्छ। गृहमन्त्री लामिछाने बुधबार अनुगमनका लागि राहदानी विभागमा समेत पुगेका थिए। सर्वसाधारणले राहदानी लिँदा भोग्नुपरेको समस्याबारे जानकारी लिन आफू त्यहाँ पुगेको उनको प्रतिक्रिया थियो।
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
