इन्गेजमेन्ट तोडिएपछिको आत्मदाह प्रकरण- ‘सुधन संग्रौला जेल चलान’
काठमाडौं । इन्गेजमेन्ट तोडिएपछिको आत्मदाह प्रकरणका मुख्य अभियुक्त सुधन संग्रौला पूर्पक्षका लागि जेल चलान भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले संग्रौलालाई मुद्दाको अन्तिम किनारा नलाग्दासम्म पूर्पक्षका लागि थुनामा राख्ने आदेश बिहिबार दिएको हो ।
बानेश्वर नुवाकोट स्थायी घर की २७ वर्षीया पुष्पा न्यौपानेले गएको मंसिर १८ गते साँझ धुम्बाराहीस्थित सुधन संग्रौलाको घरको गेटैमा पुगी पेट्रोल खन्याएर आत्मदाह गरेकी थिइन् ।
झापा पुर्ख्यौली घर भएका सुधन र पुष्पाबीच विवाह गर्ने भनेर टीकाटालो समेत भएको थियो । १७ गते सुधनको परिवारले सुपारी फिर्ता गरी एकतर्फी रूपमा इन्गेजमेन्ट तोडेका थिए । त्यसको भोलिपल्टै पुष्पाले आत्मदाह गरेकी थिइन् ।
पुष्पाको मृत्युपछि उनका काका उत्तम न्यौपानेले आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दिएका थिए । घटना भएको दिन सुधनको परिवारका सदस्य घरमै भए पनि पुष्पालाई बचाउन कुनै भूमिका खेलेका थिएनन् ।
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
