चार सय ४४ महिला र बालबालिका सम्पर्कविहीन
काठमाडौँ । रोजगारीका लागि विभिन्न मुलुक पुगेका पश्चिम नेपालका चार सय ४४ महिला तथा बालबालिका सम्पर्कविहीन भएका छन् ।
सन् २०२२ मा माइती नेपाल नेपालगञ्ज शाखामा खोजतलासका लागि परेको निवेदनका आधारमा चार सय ४४ महिला तथा बालबालिका सम्पर्कविहीन रहेको पाइएको संयोजक केशव कोइरालाले जानकारी दिए ।
उनका अनुसार बितेको एक वर्षमा यहाँ खोजतलासका लागि छ सय ९३ निवेदन परेकामा दुई सय ४९ जना मात्र फेला परेका छन् । भारत तथा तेस्रो मुलुकमा पुगेर घरपरिवारको सम्पर्कमा नरहेका व्यक्तिका आफन्तले माइती नेपालमा खोजतलास तथा उद्धारका लागि निवेदन दिएका थिए ।
“महिला तथा बालबालिका खोजतलासका लागि हामीकहाँ निवेदन परेकामध्ये दुई सय ४९ जना फेला परे पनि चार सय ४४ जना अहिलेसम्म सम्पर्कमा छैनन्”,संयोजक कोइरालाले भने, “घरपरिवारले दिएको निवेदनका आधारमा हामीले खोजतलास गरिरहेका छौँ तर अझै सम्पर्क हुन सकेको छैन ।”
सो अवधिमा जोखिमपूर्ण यात्रामा रहेका पाँच सय २९ जनालाई नेपालगञ्ज नाकाबाट फिर्ता पठाएकामा गत वर्ष चार सय ३४ जनालाई फिर्ता पठाइएको थियो । घरपरिवारसँगको सल्लाहबिना रोजगारी, विवाह वा घुम्न जाने बहानामा यहाँको नाकाबाट भारततर्फ जान लागेका उनीहरुलाई फिर्ता पठाइएको उनको भनाइ थियो ।
उक्त नाका भएर जोखिमपूर्ण यात्रा गर्ने सबैभन्दा बढी सुर्खेतका रहेको पाइएको छ । सन् २०२२ मा सबैभन्दा बढी सुर्खेतका ८६ र बाँकेका ८२ जनाले जोखिमपूर्ण यात्रा गरेका थिए । सामाजिक सञ्जालको सुझबुझपूर्ण प्रयोग नहुँदा पछिल्लो समयमा मानव बेचविखन तथा ओसारपसारको जोखिम बढेको संयोजक कोइरालाले बताए ।
सम्बन्धित समाचार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
