महँगीले उपभोक्ताको चुलो बल्न मुस्किल, नियन्त्रणमा छैन चासो
काठमाडौं । कोभिड महामारी, पेट्रोलियम पदार्थको मूल्य वृद्धि र रुस युक्रने युद्धलाई देखाएर दैनिक उपयोग्य वस्तुमा दैनिक जसो महँगी बढिरहेको छ । महँगीले उपभोक्ताको चुलो बल्न मुस्किल छ । तर, महँगी नियन्त्रणमा कसैले चासो देखाएका छैनन् । नेपाल राष्ट्र बैंकको तथ्यांकलाई मात्र आधार मान्ने हो भने पनि यस वर्ष ८ प्रतिशत भन्दा बढी महँगी पुगेको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिकसम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो मुद्रास्फीति ६.०४ प्रतिशत थियो । उपभोक्ता भने यो तथ्यांक भन्दा बजारमा धेरै गुणाले महँगी बढेको दावी गर्छन् । राष्ट्र बैंकका अनुसार यो बेला खाद्य तथा पेय पदार्थ समूहको महँगी ७.३८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको महँगी ८.६३ प्रतिशत छ ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेष्टुरेण्ट तथा होटल उपसमूहको १५.९७ प्रतिशत, सुर्तीजन्य पदार्थको ११।८१ प्रतिशत, दूग्ध पदार्थ तथा अण्डाको ९.३३ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९।१९ प्रतिशत र मदिराजन्य पेय पदार्थको ८.८४ प्रतिशत मूल्य बढेको छ । आजको कारोबार दैनिकबाट
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


