१० बजे उपस्थित नहुने कर्मचारीको तलब काटिने : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कामचोर कर्मचारीलाई लगाम लगाउने भएका छन् । उनले हरेक बिहान १० बजे हाजिर भएर कार्यालय समयमा काम नगर्ने कर्मचारीलाई कडाइ गर्ने भएका हुन् । मन्त्रालयमा आएर काम नगर्ने कर्मचारीको तलब काट्नेसम्मको योजना मन्त्रीले बनाएका हुन् ।
सोमबार केही सञ्चारकर्मीहरुसँगको अनौपचारिक छलफलमा उनले कार्यालय र मातहतका निकायमा अनिवार्यरुपमा १० बजे कर्मचारी आएर हाजिर लगाइसक्नु पर्ने भन्दै ढिलो आएर काम छल्ने र मनपरी गर्न खोज्नेको त्यो दिनको तलब काटिने बताएका हुन् । सुशासनलाई प्राथमिकता दिएर काम गर्न कर्मचारीलाई निर्देशन दिँदै उनले जनताको कामलाई प्राथमिकता दिन पनि भनिएको जानकारी दिए ।
यस्तै श्रेष्ठले गुनासो सुन्न महिनाको एक दिन समय छुट्ट्याइएको जानकारी दिँदै त्यसमा आफू सहभागी भएर सबै समस्याहरुको समाधान खोज्न पहल गर्ने बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विकासे मन्त्रालय भएकाले यससँग जोडिएका कामहरुलाई प्रभावकारी ढंगले अघि बढाइने पनि श्रेष्ठले प्रतिबद्धता जनाए ।
यसैबीच मन्त्रालयसँग सम्बन्धित फाइल कहाँ गएर अड्कियो भनेर डिजिटलरुपमा हेर्ने व्यवस्था पनि मिलाइएको छ । आफूले पाएको मन्त्रालयको काम कारबाहीलाई चुस्त र प्रभावकारी बनाउन आफू हरतरहले लाग्ने श्रेष्ठको भनाइ थियो ।
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
