हर्न बजाउने ७८ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा
काठमाडौँ । काठमाडौँ उपत्यकामा सोमबार गरिएको विशेष चेकिङको क्रममा हर्न बजाएर ध्वनी प्रदुषण गर्ने ७८ जना चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । २०७४ वैशाख १ गते देखि नै काठमाण्डौ उपत्यकामा हर्न निषेध गरीएतापनि पछिल्लो समय हर्नको दुरुपयोग बढेका कारण कारवाहीलाई तिव्रता दिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ ।
ध्वनि प्रदूषणका कारण श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्न गइ हृदयघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा समेत कमी आउने, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई यसको असर बढी हुने भएकाले अत्यावश्यक अवस्था बाहेक हर्न नबजाउन प्रवक्ता भट्टले सम्पुर्ण चालकलाई अनुरोध समेत गर्नु भएको छ ।
त्यस्तै १० ओटा पावर टेलरका चालकलाई पनि आजै ट्राफिक प्रहरीले कारवाही गरेको छ । कृषी प्रयोजनमा दर्ता भएका, ग्रामिण सडकमा मात्रै चलाउने अनुमती लिएका पावर टेलर अन्य प्रयोजनमा र हाइवेमा समेत चलाएको पाइएपछि ट्राफिक प्रहरीले कारवाही गरेको हो ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को १२ ९१० मा कुनै एक प्रयोजनका निम्ती दर्ता भएका सवारी अर्का प्रयोजनका निम्ती प्रयोग गर्न नपाईने कानुनी व्यवस्था रहेको हुँदा प्रयोजन विपरीत सवारी साधन संचालन नगर्न नगराउन चालकलाई प्रवक्ता भट्टले अनुरोध गर्नुभएको छ ।
यस्तै काठमाडौँको नक्सालमा सोमबार गरिएको विशेष चेकिङका क्रममा मापदण्डभन्दा बढी घूँवा फाल्ने २० वटा सवारी साधनका चालकलाई पनि कारवाही गरिएको छ। मापदण्डभन्दा बढी धूँवा फाल्ने भाडाका बस, माइक्रो, ट्याक्सी र निजी चारपाङग्रे सवारी साधन कारवाहीमा परेका हुन् ।
वातावरण विभाग बबरमहल तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले सोमबार दिउँसो नक्सालमा ४२ ओटा सवारी साधनलाई चेक गर्दा २० ओटा कारवाहीमा परेका हुन् । सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
