आइपीएलको कमाइ कहाँ र कसरी ?
एजेन्सी । इन्डियन प्रमियर लिग(आइपीएल) को १६औं संस्करण केही समयपछि हुँदैछ। हालसालै भएको मिनी अक्सनमा विश्वभरबाट कुल ४०५ खेलाडीले भाग लिएका थिए। आइपीएल खेल्ने १० टिमसँग कुल २०६.६ करोड भारतीय रुपैयाँ रहेको थियो। आइपिलको लिलामीमा खेलाडिहरुमाथि भरपुर पैसा खर्च हुने गर्छ। फ्रेंचाइजोको बीचमा खेलाडी धेरै महंगोमा बिक्री भएको देख्न पाइन्छ। धेरै जसो त १ करोड भारतीय रुपैयाँबाट सुरुभइ १०र१५ करोड माथिसम्म पनि खेलाडिको मूल्य राखेर आफ्नो टिममा भित्र्याउछन्।
आइपीएलको संचालन भारतीय क्रिकेट बोर्ड बिसीसीआइले गर्ने गर्दछ। यसको कमाइको मुख्य हिस्सा मिडिया र प्रशारणबाट आउँछ। आइपीएलका फ्रेंचाइजी आफ्नो मिडिया राइट्सबाट हुने २० प्रतिशत हिस्सा बिसिसिआइ राख्नेगर्छ र बाँकी ८० प्रतिशत रकम सहभागी टीमहरुले पाउने गर्छन्। तर विस्तारै यो रकम ५०र५० प्रतिशत गरिएको छ।
आइपीएल मिडिया प्रशारण अधिकार बेच्नका साथै विज्ञापनहरुबाट नि धेरै पैसा कमाउने गर्दछ। खेलाडिको जर्सी र हेलमेटमा देखिने कम्पनीका नाम र लोगोको कम्पनीहरुपनि आइपीएललाई धेरै पैसा दिन्छन्। आइपीएलको समयमा खेलाडिहरु धेरै किसिमका विज्ञापनहरु पनि छायांङ्कन गर्छन्। धेरै जसो त विज्ञापनबाट नै आइपीएलका टिमहरुसँग पैसा आउछ।
आईपीएल टोलीहरूको कमाइलाई तीन भागमा विभाजन गरिएको छ -केन्द्रीय राजस्व, प्रवर्द्धन राजस्व र स्थानीय राजस्व भनि बाडिन्छ। केन्द्रीय राजस्वमा मिडिया प्रशारण र टाइटल विज्ञापनहरु पर्नेगर्छन्। यसले गर्दा टिमको कमाइको लगभग ६० देखि ७० हिस्सा पर्न जान्छ।
हरेक सिजनमा हुने ७र८ घरेलु खेलहरु टिमका मालिकले टिकट बिक्रीबाट अनुमानित ८० प्रतिशत राजस्व राख्ने गर्दछन्। बाँकी २० प्रतिशत बीसीसीआई र प्रायोजकको बीचमा बाडिन्छ । टिकट बिक्रीबाट आउने पैसा टिमको राजस्वको १०-१५ प्रतिशत हुन्छ।
सन् २००८ मा जहिलेबाट आइपीएल सुरु भयो त्यतिबेला भारतका ब्यवसायीहरु र बलिवुडका धेरै चर्चित कलाकारहरुले आठ शहरका राम्रा फ्रेन्चाइजी खरीद गर्नका लागि कुल ७२३. ५९ मिलियन डलर खर्च गरेका थिए। त्यसको केही समयपछि आइपीएलको लोकप्रियता र व्यावसायिक मूल्यमा धेरै गुणा वृद्धि भएको थियो।
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
