उद्योगी व्यवसायीहरूले सरकारी कार्यालय र राजनीतिज्ञकोमा गएर समय खेर फाल्नु पर्दैन: गृहमन्त्री लामिछाने
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन्। बुधवार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँगको छलफलमा गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी व्यवसायीहरूलाई जस्तो आँखाले हेरे पनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताएका हुन्।
उनले उद्योग व्यवसायको सुरक्षाको लागि गृह मन्त्रालयले गर्नुपर्ने कुनै पनि काममा नचुक्ने प्रतिवद्धतासमेत जनाए।
गृहमन्त्री लामिछानेले भने,‘मुलुकको अर्थतन्त्रमा परेको प्रभाव कालोबजारीको कारण परेको भनेर अर्थमन्त्रीज्यूले ठूलो रकम देखाउनुभएको छ। आफैँमा मेरा लागि चुनौतीको विषय छ। कालोबजारी चोरी पठारी प्राथमिकतामा पर्छन्। निर्धक हुनूस् हिजोको जस्तो अवस्था रहँदैन। प्रमुख जिल्ला अधिकारीहरूलाई कुनै पनि अपराध,कालोबजारी नियन्त्रणका विषयमा कुनै पनि राजनीतिक दलहरूको दबाब आए कारबाही पर्नेछन्। उद्योग, व्यवसायको सुरक्षा र उन्नतिको लागि गृहमन्त्रालयले गर्ने कुनै पनि कामले चुक्दैनौँ। मन्त्रालयमा कुनै कामको लागि व्यवसायीहरूले मन्त्रालय वा कार्यालय धाउनुपर्दैन। अब उद्योगी व्यवसायीहरूले सरकारी कार्यालय, कार्यालय हाकिम र राजनीतिज्ञहरूकोमा गएर समय खेर फाल्नु पर्दैन। सरकारको नीतिगत विषयमा समस्या आए सल्लाह सुझाव दिनूहोला।’
उनले लामिछानेले प्रभाव कालोबजारीको कारण मुलुकको अर्थतन्त्रमा प्रभाव परेका भन्दै कोलोबजारी गर्नु गृह मन्त्रालयको लागि चुनौतीको विषय भएको पनि बताए। चेम्बरले गृहमन्त्रीलाई कालोबजारी,सीमानाकाबाट हुने चोरीपैठारी नियन्त्रण तथा उद्योग व्यवसायको सुरक्षा दिनुपर्ने माग राखेको छ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


