मेस्सीलाई ‘गार्ड अफ अनर’ प्रदान
एजेन्सी । विश्व विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी ले गार्ड अफ अनर प्रदान गरेको छ । विश्वकप पछि प्रशिक्षणमा फर्किएका मेस्सीलाई क्लबले उच्च सम्मान गरेको हो ।
घरेलु मैदान सेन्ट जर्मेन ओँ लेनमा नेइमारसहित सहकर्मी खेलाडीहरुले उभिएर मेस्सीलाई सम्मान गरेका गरेका थिए भने खेल स्टाफ लुइस कम्पोसले उनलाई गार्ड अफ अनरको ट्रफी हस्तान्तरण गरेका थिए ।
पीएसजीकै सहकर्मी खेलाडी तथा फ्रेन्च फर्वाड किलियन एम्बाप्पे भने समारोहमा अनुपस्थित थिए । प्रशिक्षणमा फर्किएपछि मेस्सीले आफूलाई गरेको स्वागतका लागि क्लबलाई धन्यवाद दिए ।
कीर्तिमानी ७ पटकका बालोन डिुओर विजेता मेस्सीको कप्तानीमा अर्जेन्टिनाले हालै कतारमा सम्पन्न विश्वकप फाइनलमा फ्रान्सलाई हराउँदै ३६ वर्षपछि विश्वकप जितेको हो । मेसीले विश्वकपमा उत्कृष्ट खेलाडी हुँदै गोल्डेन बल समेत जितेका थिए ।
सन् २०२१ मा बार्सिलोनाबाट फ्रि एजेन्टमा फ्रान्स पुगेका मेस्सीले कम्तिमा २०२३–२४ सिजन पीएसजीमा खेल्ने योजना बनाएका छन् । गार्ड अफ अनर सम्मानलाई खेलकुदमा विशिष्ट सम्मानमा रूपमा लिइन्छ ।
सम्बन्धित समाचार
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
