• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १२ घण्टा 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १४ घण्टा 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १४ घण्टा 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १४ घण्टा 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १५ घण्टा 

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?
  • १६ घण्टा 

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • १९ घण्टा 

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • २१ घण्टा 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

अझै लोकप्रिय छ पानीघट्ट

जानकारी केन्द्र २०७९, पुष, २१

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४, नारच्याङको बेंसी गाउँकी चित्रमायाँ पुर्जालाई बिहानदेखि बेलुकीसम्म पानीघट्टमा भ्याईनभ्याई हुन्छ । गाउँको शिरबाट बग्ने नारच्याङ झरनाको पानी उपयोग गरी पुर्जाको परिवारले पानी घट्ट सञ्चालनमा ल्याएका हुन् ।
कुटानी पिसानीका लागि गाउँमा विद्युत्बाट सञ्चालन हुने मिल पनि छन् तर पानी घट्टमा पिसेको पिठो स्वादिलो हुने भएकाले स्थानीयबासी घट्टमै पिठो पिस्न लैजाने गर्छन् । स्थानीयस्तरमा उत्पादन हुने कोदो, मकै, गहुँ, फापरलगायत अन्न पिस्न स्थानीयवासीले पानीघट्ट नै प्रयोग गर्दै आएका हुन् ।

नारच्याङमा चित्रमायाँ र केशनारायण बुद्धजाका परिवारले दुई वटा पानी घट्ट सञ्चालन गरेका छन् । दुबै परिवारको प्रमुख आयस्रोत पानी घट्टबाट हुने आम्दानी नै हो । ‘‘गाउँमा जग्गाजमिन धेरै हुनेले खेती गर्छन्, हामीले बिहानदेखि बेलुकासम्म घट्ट चलाउँछौँ, प्रतिपाथि पिसेको अन्नको ज्यालावापत एक माना अन्न राख्छौँ, यसैबाट हाम्रो परिवार धानेका छौँ’’–चित्रमायाँले भन्नुभयो ।

परम्परागत रुपमा अन्न पिसानीका लागि घट्ट, जाँतो, ओखल तथा ढिकीे प्रयोग हुने गथ्र्यो । पुर्खाहरुले प्रयोग गरेको पानी घट्टले पिसेको पिठो नै स्वादिलो हुने र पौष्टिक तत्व खेर नजाने भएकाले आफूहरुले पनि यसलाई निरन्तरता दिएको अर्का पानीघट्ट सञ्चालक बुद्धुजाले बताउनुभयो । पानीबाट चल्ने घट्ट बिजुलीको सुविधा पुगेका ठाउँहरूमा विस्थापित हुने क्रम बढ्दो छ । पिस्न छिटो हुने भएकाले विजुलीबाट चल्ने मिलको प्रयोग बढिरहेको अवस्थामा जलविद्युत् गाउँको रुपमा परिचित नारच्याङमा भने अझै पनि पानीघट्टप्रतिको आकर्षण घटेको छैन् ।

उक्त गाउँमा पाँच मेगावाटको घलेम्दीखोला र ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत् आयोजना निर्माण भैसकेका छन् । विद्युत् उत्पादनका लागि आधा दर्जन बढी आयोजनाहरु निर्माणाधीन अवस्थामा रहेको यस वडामा अन्न पिसानीमा भने पानीघट्टकै प्रयोग बढ्दो छ । यहाँ सञ्चालनमा रहेका पानी घट्ट स्थानीयवासीको अन्न पिसानीको माध्ययमसँगै परम्परागत जीवनशैलीबारे अध्ययन र अवलोकन गर्ने थलोको रुपमा समेत विकास हुन थालेका छन् ।

शहरी क्षेत्रमा हराएका पानी घट्ट नारच्याङमा भने सञ्चालनमा रहेको देख्न पाउँदा पुरानो जीवनशैलीको झझल्को आएको पानीघट्ट अवलोकन गर्नुभएकी बेनीकी रीम थापाले बताउनुभयो । वेंशी गाउँदेखि नारच्याङ झरनाको भ्यू–पइन्टमा उक्लने बाटैमा रहेको सो पानीघट्ट र झरनाको अवलोकनका लागि जाने पर्यटकका लागि आकर्षणको विषय बनेको त्यहाँका वडाध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो । अन्नपूर्ण प्रथम आधार शिविरमा अवस्थित यस वडामा पछिल्लो समय मनमोहक नारच्याङ झरनाको अवलोकनका लागि आउने आन्तरिक पर्यटकहरुको सङ्ख्या बढ्दो रहेको र अधिकांशले पानीघट्ट पनि रुचिका साथ अवलोकन गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

‘‘हाम्रो परिवारको आयआर्जनको स्रोतको रुपमा घट्ट चलाएका हौँ, अहिले धेरैजना अवलोकनका लागि पनि आउँछन्, घट्टको बारेमा जिज्ञासा राख्छन्, र फोटो तथा भिडियो खिचेर लैजाने गर्छन्’’–घट्ट सञ्चालिका पुर्जाले भन्नुभयो । नारच्याङको घरापमा समेत पानी घट्ट सञ्चालमा थियो । केही वर्षअघि कालीगण्डकीमा आएको बाढीले यहाँको घट्ट बगाएको हो । करिब दुई दशक अघिसम्म नारच्याङको लेकगाउँमा पाँच वटा, बेंशीमा चार वटा र घरापमा तीन वटा पानी घट्ट सञ्चालनमा थिए । बिजुलीको सुविधासँंगै पानीघट्ट विस्थापित भएको अवस्थामा पुनः दुई वटा नयाँ पानीघट्ट सञ्चालनमा आएपछि राहत भएको स्थानीयवासीको भनाइ थियो ।

नारच्याङसँगै अन्नपूर्ण गाउँपालिका–३ दानामा समेत स्थानीयबासीले पानी घट्टलाई निरन्तरता दिएका छन् । दानाको घट्टेडाँडामा मात्रै आठ वटा पानीघट्ट सञ्चालनमा छन् । मिलमा छिटो हुने भए पनि स्वाद हराउने भएकाले स्थानीयवासीले अन्न पिस्न पानी घट्टकै प्रयोग गर्ने गरेको पूर्ववडाध्यक्ष समेत रहनुभएका पानी घट्ट सञ्चालक नरसिंह पुर्जाले बताउनुभयो ।

यहाँका पानीघट्टमा परम्परागत प्रविधि नै प्रयोग गरिएको छ । दानाका यी घट्टमध्ये तीन वटा स्थानीय ज्ञान प्रकाश माविको आयस्रोतमा टेवा पु¥याउने उद्देश्यले स्थापना गरिएका थिए । पछि घट्ट जीर्ण भएको र मर्मतमा बढी खर्च लाग्ने भएकाले विद्यालयलाई आयआर्जन हुन छाडेको विद्यालयका पूर्वप्रधानाध्यापकसमेत रहनुभएका पुर्जाको भनाइ थियो ।

सोही गाउँपालिका–२स्थित भुरुङ तातोपानीमा समेत पानीघट्ट सञ्चाल भइरहेको छ । परम्परागतरुपमा पानीघट्ट सञ्चालन भएका ठाउँलाई ‘घट्टेखोला’ र ‘घट्टेकुलो’ नामाकरण गर्ने प्रचलन थियो । जिल्लाका करिब एक सय ५० स्थान यस्तै नामले चिनिन्छ । रासस

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

ताजा

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.