नेप्से परिसूचक दोहोरो अंकले बढ्यो
काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकम पनि ५ महिनापछि ५ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से परिसूचक १७.९२ अंकले बढेर २१४३।७६ विन्दुमा पुगेको छ । नेप्से ०।८४ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.६१ अंकले बढेर ४११.३३ विन्दुमा पुगेको छ ।
कूल २५९ वटा कम्पनीको एक करोड २५ लाख ८१ हजार ९ सय ८२ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ४ करोड ७ लाख ४० हजार रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज २ वटा उपसमूहबाहेक बाँकी सबै उपसमूहको सेयर बढेको छ । बैंकिङ्ग र अन्य समूह घटेको हो ।
बिहीबार हिमालयन डिष्टीलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४३ करोड १९ लाख ६६ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज ९ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । चन्द्रागिरी हिल्स, बुद्धभूमी नेपाल हाइड्रोपावर, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, श्रृजनशील लघुवित्त, बाराही हाइड्रोपाववर, हिमालयन उर्जा, इष्टर्न हाइड्रोपावर र हिमालयन हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यस दिन सिटीजन्स म्युचुअल फण्ड २ को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त फण्डको मूल्य ३.०३ प्रतिशतले घटेर ८ रूपैयाँमा झरेको छ ।
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
