सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी
जानकारी केन्द्र
२०७९, पुष, २३
काठमाडौँ । संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सभामुखको निर्वाचन आउँदो माघ ७ गते गर्ने तयारी गरेको छ। शुक्रवार बसेको सर्वदलीय बैठकमा सभामुखको निर्वाचनबारे छलफल भएको थियो ।
बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने विषयमा छलफल भएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए। यद्यपि, मिति भने तोकिसकिएको छैन। कांग्रेस प्रमुख सचेतक रमेश लेखकले ७ गते सभामुखको निर्वाचन गराउन दलहरु सहमत भएको बताए। ‘९ गतेभित्र सभामुखको निर्वाचन गर्नुपर्ने विषयमा छलफल भएको थियो। ७ गते निर्वाचन गराउन सबै दल सहमत छन्,’ लेखकले भने।
सभामुखका लागि नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ र छविलाल विश्वकर्माको नाम चर्चामा छ।
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
