माधव र उपेन्द्र पार्टी एकीकरणका लागि राजी भएकै हुन् ?
काठमाडौं । नेकपा एकीकृत समाजवादी र जतना समाजवादी पार्टीबीच एकीकरणको तयारी भइरहेको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एस र उपेन्द्र यादव नेतृत्वको जसपा पछिल्लो निर्वाचनपछि आकारमा खुम्चिएका कारण यी दल एकीकरणका लागि अग्रसर हुँदै गएको बुझिएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार, नीति र विधि मिल्ने पार्टीसँग एकता गर्दै अघि बढ्ने उल्लेख गरेका छन् । त्यस्तै जसपाले प्रधानमन्त्रीमा पुष्पकमल दहाल ‘प्रचण्ड’लाई समर्थन गरेर पनि सरकारमा सहभागी भएको छैन । नेकपा एसले भने समर्थन पनि गरेको छैन ।
सोमबार सकिएको एकीकृत समाजवादीको पोलिटब्युरो बैठकले सरकारमा सहभागितालाई लिएर ठोस निर्णय गर्न सकेन । बरु उसले केन्द्रीय सचिवालयलाई अधिकार दिएको छ । अहिले दुवै पार्टी एकीकरण गरेर नयाँ समीकरण बनाउँदै र नयाँ सम्भावना खोज्न अग्रसर देखिएका छन् । जसलाई दुवै पार्टीका नेताहरुले स्वीकार गरेका छन् ।
शीर्ष तहमा भइरहेका भेटघाटले दुई पार्टीबीच एकताको सम्भावनालाई बलियो आधार दिएको देखिन्छ । अघिल्लो हप्ता जसपा अध्यक्ष यादवले एकीकृत समाजवादीका अध्यक्ष नेपाल र ‘सम्मानित नेता’ झलनाथ खनालसँग छुट्टाछुट्टै भेटेका थिए । जसपा प्रवक्ता मनिष सुमनले एकीकृत समाजवादीसँगको एकीकरणका बारेमा अहिले नै कुनै ठोस दाबी गर्न नसकिने बताए ।
उनले पार्टी बैठकमा भने यस बारेमा कुराचाहिँ उठेको बताए । जसपा र एकीकृत समाजवादीबीच एकता भएमा सो पार्टी प्रतिनिधि सभामा २२ सिट सहित चौथौ ठूलो दल बन्नेछ ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

