मलेसियामा बन्धक बनाइएका १९ नेपालीको तत्काल उद्धार गर्न प्रधानमन्त्रीकाे निर्देशन
२५ पुस २०७९, काठमाडौँ : सरकारले वैदेशिक रोजगारीका क्रममा मलेसियामा बन्धक बनाइएका १९ नेपालीको उद्धार गर्न पहल गरेको छ। वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका उनीहरूलाई विगत आठ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझेर उद्धार गर्न पहल थालेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो विषय गम्भीर भएकाले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिव शङ्कदास वैरागीमार्फत सम्बन्धित निकायलाई निर्देशन दिएकाे प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका उनीहरुलाई एजेन्टले स्थानीय केलाङ सहरको एक भवनमा लागेर बन्धक बनाएको भिडियो सार्वजनिक भएको छ। सम्झौताअनुसारको काम नदिई अन्य काम गर्न दबाब दिएर कम्पनीले ज्यादती गरेको दाबी गरेका छन्।
कम्पनीको दबाबका विरुद्ध आवाज उठाउँदा आफूहरुमाथि कुटपिटसमेत भएको उनीहरूको गुनासो छ। कम्पनीबाट निकालेर एउटा भवनको कोठामा राखिएको र आफूहरुलाई बाहिर ननिस्कन भनिएको अलपत्र श्रमिकको भनाइ छ। बन्धक बनाइएका श्रमिकले तत्काल उद्धार गरेर नेपाल फर्काउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

