Jankari Kendra
२७ आश्विन २०८३, मंगलवार

स्थायी पदपूर्तिका लागि शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, २५
स्थायी पदपूर्तिका लागि शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक

काठमाडौं । शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदमा दरखास्त माग गरेको छ । खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन माग भएको हो ।

सोमबारदेखि आवेदन फारम भर्न सकिन्छ । दरखास्तका लागि https://online.tsc.gov.np/ मा गएर सबै विवरण भर्नुपर्ने आयोगले जनाएको छ । विज्ञापन विस्तृतमा https://tsc.gov.np/ मा गएर हेर्न सकिने आयोगले जनाएको छ ।

Top Changing Nepal

सम्बन्धित समाचार

युट्युब सट्स