मध्य काफ्रीन क्षेत्रमा दुई बस आपसमा ठोक्किँयो, ३९ जनाले गुमाए ज्यान
जानकारी केन्द्र
२०७९, पुष, २५
एजेन्सी । सेनेगलको मध्य काफ्रीन क्षेत्रको एक सडकमा दुई वटा बस एक आपसमा ठोक्किँदा ३९ जनाको मृत्यु भएको छ भने सय भन्दा बढी घाइते भएका छन् । राष्ट्रपति म्याकी सालले आइतबार उक्त जानकारी दिएका हुन् ।
दुर्घटनापछि रगतले लतपतिएका सिट, व्यक्तिगत सामानहरू र जुत्ता तथा चप्पल यत्रतत्र छरिएका बताइएको छ । सेनेगलमा सडक दुर्घटनाहरू सामान्य हुन्छन् ।
मुख्यतया चालकको त्रुटि, खराब सडक र जीर्ण सवारी साधनहरूको कारणले बारम्बार दुर्घटना हुने गरेका विज्ञहरू बताउँछन् । तर पछिल्लो एउटै घटनामा धेरै मानिसको ज्यान गुमेको छ ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्ने प्राप्त विवरणहरुमा जनाइएको छ । दुर्घटना बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
सम्बन्धित समाचार
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
