Jankari Kendra
१० भाद्र २०८३, बुधबार
Worldlink

रोकिराखेको टिपरमा दुई वटा मोटरसाइकल ठोक्किँयो, दुई जनाले गुमाए ज्यान

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, २५
रोकिराखेको टिपरमा दुई वटा मोटरसाइकल ठोक्किँयो, दुई जनाले गुमाए ज्यान

काठमाडौं । सप्तरीमा रोकिराखेको टिपरमा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । त्यस्तै दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बा ८९ प ३२१५ नम्बरको मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका ११ बनौलीका २० वर्षीय बैजु भन्ने बैजनाथ चौधरी र प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकल चालक डाक्नेश्वरी नगरपालिका १० का २२ वर्षीय रामाकान्त चौधरी रहेका छन् ।

दुवै युवकको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ । आइतबार दिउँसो सप्तरीको खडक नगरपालिका ११ स्थित हुलाकी सडक खण्डमा बिग्रेर रोकिराखेको स १ ख ९२८ नम्बरको टिपरमा बोदेबर्साइनबाट राजबिराज तर्फ जाँदै गरेका दुई वटा मोटरसाइकल ठोक्किँएका थिए ।

दुवै मोटरसाइकलमा पछाडि सवार दुई युवक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । टिपर र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स