२ सय ७० भन्दाबढी सांसदबाट विश्वासको मत पाउँदै प्रधानमन्त्री प्रचण्ड !
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिदैंछन्। उनले अहिले १ बजे बस्ने संसद् बैठकबाट विश्वासको मत प्राप्त गर्दैछन्। संसद्मा रहेका धेरै पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् भने संसद्कै ठूलो दल नेपाली कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने वा नदिने बारे निर्णय गर्ने कार्यसम्पादन समितिको बैठक राखेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा प्रचण्डलाई विश्वासको मत दिने पक्षमा सकरात्कम रहेको हुँदा कार्यसम्पादन समिति पनि देउवा पक्षकै बहुमत रहेको छ। यसोहुँदा कांग्रेसले पनि प्रचण्डलाई विश्वासको मतदिने निर्णय गर्ने गर्नेछ।
यसरी संसद्मा रहेका धेरै दलले प्रचण्डलाई विश्वासको मत दिने देखिन्छ। हाल संसद्मा कांग्रेस ८९, एमाले ७८, माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राप्रपा १४, जसपा १२, नेकपा एस १०, जनमत पार्टी ६, लोसपा ४, नागरिक उन्मुक्ति ३, नेमकिपा १, राजमो १ र पाँच जना स्वतन्त्र सांसद रहेका छन्। यसरी अंकगणितीय हिसाबले हेर्दा प्रचण्डले २ सय ७० भन्दाबढी मत प्राप्त गर्ने अनुमान गरिएको छ।
प्रचण्डलाई कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, नेकपा एस, जनमत, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने देखिन्छ।
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
