काठमाडौं नछाड्न कांग्रेस सांसद्हरुलाई ह्विप
जानकारी केन्द्र
२०७९, पुष, २७
काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसद्हरुलाई काठमाडौं नछाड्न ह्विप जारी गरेको छ।
सभामुख, उपसभामुखको निर्वाचन र भैपरी आउनसक्ने राजनीतिक परिस्थितिलगायतका कारण सांसद्हरुलाई माघ ९ गतेसम्म काठमाडौं नछाड्न पार्टीले ह्विप लगाएको कांग्रेस उपसभापति धनराज गुरुङ्ले रिपोर्टर्स नेपाललाई बताए। उनले भने, ‘यदि सांसद्हरुले विशेषकारण काठमाडौं उपत्यका बाहिर जानुपरे पार्टीलाई जानकारी दिएर मात्र जान भनिएको छ।’
प्रतिनिधिसभाको अर्को बैठक आगामी माघ ५ गते बिहान ११ बजे बस्नेछ र सोही दिन सभामुखको निर्वाचन हुने ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले हिजो बसेको प्रतिनिधि सभा बैठकमार्फत बताएका थिए। यस्तै ९ माघसम्म उपसभामुखको पनि निर्वाचन गराउने तयारी रहेको छ। सोही कारण आफ्ना सांसद्हरुलाई काठमाडौं नछाड्न ह्विप लगाएको कांग्रेस नेताहरुले बताएका छन्।
सम्बन्धित समाचार
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

