अमेरिका र भारतमा मूल्य वृद्धिदर घट्यो
काठमाडौं । अमेरिका र भारतमा उपभोक्ता मूल्य वृद्धि ९महँगी० दर घटेसँगै नेपाललाई पनि राहत हुने भएको छ । बिहीवार प्रकाशित तथ्यांकअनुसार डिसेम्बरमा भारतमा महँगी ५ दशमलव ७२ प्रतिशतमा झरेको छ । अघिल्लो महीना यो ५ दशमलव ८८ प्रतिशत थियो ।
अमेरिकामा पनि उपभोक्ता मूल्य वृद्धिदर ६ प्रतिशतबाट घटेर डिसेम्बरमा ५ दशमलव ७ प्रतिशत कायम भएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले बताएका छन् । कोभिड–१९ महामारी र रूस–युक्रेन युद्धपछि विश्वभर मूल्यवृद्धि उच्च भएको थियो । तर, पछिल्ला दिनमा पेट्रोलियम पदार्थ र खाद्य सामग्रीको मूल्य घटेसँगै महँगीको दर पनि घटेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।
विदेशमा मूल्यवृद्धि उच्च हुँदा त्यसको प्रभाव नेपाली अर्थतन्त्रमा पनि पर्दै आएको छ । नेपाल आयातमा आधारित अर्थतन्त्र रहेकाले महँगी पनि आयात हुँदै आएको नेपाल राष्ट्र बैंकले आफ्नो प्रतिवेदनमा उल्लेख गर्दै आएको छ । भारतीय र अमेरिकाको मूल्य वृद्धिदरमा आएको कमीको सकारात्मक प्रभाव आगामी महीना नेपालमा देखिने अपेक्षा गरिएको छ ।
सरकार र राष्ट्र बैंकले चालू आर्थिक वर्षमा उपभोक्ता मूल्यवृद्धि ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य तोकेका छन् । तर, हालसम्म उक्त लक्ष्यभित्र मूल्यवृद्धि कायम हुन सकेको छैन । गत कात्तिकमा नेपालको महँगी दर ८ दशमलव शून्य ८ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । भदौमा त महँगी दर ८ दशमलव ६४ प्रतिशत पुगेको थियो ।
नेपालको अर्थतन्त्र आयातमा निर्भर भएकाले अन्तरराष्ट्रिय बजारको मुद्रास्फीति र अमेरिकी डलरलगायत अन्य परिवत्र्य विदेशी मुद्राको मूल्यमा हुने उतारचढावबाट सीधै प्रभावित हुने अर्थशास्त्री बताउँछन् । नेपालको सबैभन्दा ठूलो आयात साझेदार भारत भएकाले त्यहाँ मुद्रास्फीति तलमाथि हुँदा नेपालमा आयात हुने महँगी पनि तलमाथि हुने गर्छ ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
