• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ फागुन २०८२, मङ्गलबार
१२ फागुन २०८२, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

‘कोडिङ किक्सस्टार्ट ३.०’ सम्पन्न, तीन विजेता टिमलाई ३ लाख पुरस्कार

छुटाउन नहुने अवसर ! स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला

२०८२ फागुन १३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाको उपचारमा पाँच लाख सहयोग

नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६ को स्टल बुकिङ खुल्ला

निर्वाचन आयोगद्धारा शिक्षक र स्वास्थ्यकर्मीलाई आतारसंहिता पालना गर्न कडा चेतावनी

सुनको मूल्य तोलामा एक हजार तीन सय रूपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बसन्तपुरमा रङ्गीचङ्गी चीर ठड्याएर सुरु भयो आजदेखि होली पर्व

लोकप्रिय समाचार

  • १. २०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

  • ३. धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

  • ४. अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत

  • ५. दोस्रो रेडियन्ट शैक्षिक मेला सुरू,आफ्ना सीप र सिर्जनात्मक क्षमता प्रदर्शन गर्दै विद्यार्थी

  • ६. २०८२ फागुन ०७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. २०८२ फागुन १२ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. २०८२ फागुन १० गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. निर्वाचन केन्द्रित ३ दिन बिदा दिने सरकारको निर्णय,लगातार ७ दिन बिदा हुने

  • १०. मनांग, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण

पोखरा विमान दुर्घटना : ब्ल्याक बक्सले कसरी कारण पत्ता लगाउन सहयोग गर्छ ?

बीबीसी । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुग्नै लाग्दा खोँचमा खसेको यती एअरलाइन्सको विमान दुर्घटना बारे छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ समिति उक्त विमानको ब्ल्याक बक्सको पर्खाइमा छ ।

दुर्घटनामा हराइरहेका मानिसको खोजीमा आइतवार अबेरसम्म जुटेका उद्धारकर्मीहरू सोमवारबाट विमानको ब्ल्याक बक्सको खोजीमा पनि जुट्ने अधिकारीहरूले बताएका छन् । विमानको पछिल्लो भागमा हुने यो उपकरणबाट विमान दुर्घटनाको कारण पत्ता लाग्ने उनीहरूको विश्वास छ ।

“कुन उपकरणको कस्तो अवस्था थियो भन्नेचाहिँ त्यो ब्ल्याक बक्सले बताउँछ । कुन भागको सङ्केत के थियो । अचानक आएको समस्या हो कि । बाहिरी वा आन्तरिक कारणले भएको हो भन्ने बताउँछ,” जाँचबुझ समितिका सदस्यसचिव बुद्धिसागर लामिछानेले भने ।

“यसले दुर्घटनाको जाँचबुझमा धेरै नै सहयोग पुर्‍याउँछ ।” यो जहाजमा हुने ब्ल्याक बक्समा फ्लाइट डेटा रेकर्डर र ककपिट भोइस रेकर्ड दुवै हुने भएकाले अनुसन्धानमा निकै महत्त्वपूर्ण हुने लामिछाने बताउँछन् ।

ब्ल्याक बक्स के हो ?
ब्ल्याक बक्स विमानको पछिल्लो भागमा रहने विद्युतीय उपकरण हो । विमान दुर्घटनाका घटनामा यो उपकरण निकै महत्त्वपूर्ण हुन्छ । ब्ल्याक बक्स वास्तवमा कालो रङ्गको चाहिँ हुँदैन । यस्तो उपकरण गाढा सुन्तला रङ्गको हुन्छ ।

विमान दुर्घटना भएको ठाउँमा भेट्न सहज होस् भनेर यस्तो रङ्गमा ब्ल्याक बक्स बनाइएको हुन्छ । “दुर्घटना हुँदा कम क्षति हुने भाग भएकाले यसलाई विमानको पछिल्लो भागमा राखिएको हुन्छ,” एक दर्जनभन्दा बढी विमान दुर्घटना छानबिनमा संलग्न भएका एरोनटिकल इन्जिनियर रतीशचन्द्र लाल सुमनले भने ।

प्रायः ब्ल्याक बक्समा दुई वटा भाग हुन्छन् । तर सबै विमानमा यी दुवै भाग नहुन पनि सक्छन् । उच्च तापक्रम र पानीमुनिको गहिरो सतहमा पनि यसभित्रका डेटा नष्ट नहुनेगरी ब्ल्याक बक्सको निर्माण गरिएको हुन्छ ।

फ्लाइट डेटा रेकर्डर
फ्लाइट डेटा रेकर्डरले प्राविधिक पक्षको रेकर्ड राख्छ । त्यसमा विमानका हरेक उपकरणको अवस्था, उचाइ, दिशा, तापक्रम, गति, इन्धनको मात्रा, अटो(पाइलटको अवस्था लगायतका विवरणहरूको अभिलेख रहन्छ ।

“कुनै उपकरणले काम गरिरहेको थिएन भने त्यो कुरा यसमा नोट हुन्छ र त्यसबाट विमानको प्राविधिक पक्षको विश्लेषण गर्ने हो,” सुमनले भने । तर कतिपय साना र ट्विनअटर विमानमा यो हुँदैन । यसअघि मुस्ताङमा दुर्घटनामा परेको तारा एअरको ट्विनअटर विमानमा यस्तो उपकरण थिएन ।

ककपिट भोइस रेकर्डर
यसमा सामान्यतया २५ घण्टाको रेकर्डिङ अवधि हुन्छ । यो उपकरणमा चार वटा च्यानल हुन्छन् र चार स्थानका आवाजको रेकर्ड राखेको हुन्छ । यसमा पाइलटको, कटपिटको, टावरसँग हुने सञ्चारको र प्यासेन्जर अनाउन्सेन्टको रेकर्ड हुने सुमन बताउँछन् ।

दुर्घटना अनुसन्धानको क्रममा यस्तो उपकरणमा सङ्ग्रह भएको आवाज नै अनुसन्धानकर्ताहरूले सुनेर विश्लेषण गर्छन् । “पाइलटले के बोल्यो, के सुन्यो, केही खराबी थियो भने को‍(पाइलटलाई जानकारी दियो कि दिएन, यात्रु र टावरलाई दियो कि दिएन त्यो कुराहरूको आवाज सुनेपछि धेरै थाहा हुन्छ,” यसअघिको तारा एअर दुर्घटना जाँचबुझ समितिका संयोजक समेत रहेका सुमनले भने ।

‘पहिले विदेश धाउनुपर्थ्यो’
पुराना जहाजहरूमा म्याग्नेटिक टेपमा यस्तो आवाज रेकर्ड हुन्थ्यो र सुन्नका लागि विदेश जानुपर्ने बाध्यता थियो । नागरिक उड्डयन प्राधिकरणको हवाई दुर्घटना अनुसन्धान शाखामा लामो समय काम गरेका इन्जिनियर सुमनले आफू सन् १९९२ मा ककनीमा दुर्घटना भएको थाई एअरको सीभीआर लिएर क्यानडा गएको बताए ।

“म आफैँ ब्ल्याक बक्स लिएर क्यानडा र फ्रान्स गएको छु । तर अहिले धेरै काम नेपालमै हुन्छ,” उनले भने । पछिल्ला विमानहरूमा यस्तो आवाज डिजिटल माध्यममा रहने र नेपालमै सुन्न सकिने सुमनले बताए ।

पछिल्लो समय नेपालमै ब्ल्याक बक्सको विश्लेषण हुने भए पनि फ्लाइट डेटा रेकर्डरको कतिपय अध्ययनका लागि विदेशी विशेषज्ञहरूको पनि सहयोग लिने गरिएको छानबिन समितिका सदस्यसचिव लामिछानेले बताए ।

डेटा विश्लेषण गर्ने ‘प्रोग्राम’मा राखेर हेरेपछि कतिपय अवस्थामा दुर्घटनाको कारण थाहा हुने उनी बताउँछन् । “दुर्घटना नहुँदै पनि विमानको स्वास्थ्य अवस्था परीक्षणका लागि र मर्मतका लागि पनि यसको प्रयोग र विश्लेषण गर्ने गरिएको छ,” उनले भने ।

दुर्घटना अनुसन्धानमा ब्ल्याक बक्सको महत्त्व
काठमाण्डूको अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा भासिएको टर्किश एअर दुर्घटना, काठमाण्डूको विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको यूएस बाङ्ग्ला एअरसहित धेरै हवाई दुर्घटनामा ब्ल्याक बक्सले वास्तविकता पत्ता लगाउन सहयोग गरेको लामिछानेले बताए ।

“हो यूएस बाङ्ग्लाको दुर्घटनामा गलत एप्रोच गरेको हो । गलत दिशाबाट अवतरण गर्न खोजेको हो भन्ने यसले देखायो,” सुमनले थपे । लुक्ला विमानस्थलमा भएको समिट एअरको विमान दुर्घटना अध्ययनमा पनि ब्ल्याक बक्सले घटनाको कारण पत्ता लगाउन सहयोग गरेको लामिछानेले बताए । कहिले काहीँ कुनै कुरा निश्चित गर्न पनि ब्ल्याक बक्सले सहयोग गर्ने उनीहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?
‘कोडिङ किक्सस्टार्ट ३.०’ सम्पन्न, तीन विजेता टिमलाई ३ लाख पुरस्कार
छुटाउन नहुने अवसर ! स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला

लोकप्रिय

२०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत

दोस्रो रेडियन्ट शैक्षिक मेला सुरू,आफ्ना सीप र सिर्जनात्मक क्षमता प्रदर्शन गर्दै विद्यार्थी

ताजा

आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

‘कोडिङ किक्सस्टार्ट ३.०’ सम्पन्न, तीन विजेता टिमलाई ३ लाख पुरस्कार

छुटाउन नहुने अवसर ! स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला

२०८२ फागुन १३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?
  • ‘कोडिङ किक्सस्टार्ट ३.०’ सम्पन्न, तीन विजेता टिमलाई ३ लाख पुरस्कार
  • छुटाउन नहुने अवसर ! स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला
  • २०८२ फागुन १३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल
  • युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाको उपचारमा पाँच लाख सहयोग

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.