• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०४ बैशाख २०८३, शुक्रबार
०४ बैशाख २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख ०६ गते आईतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ९ घण्टा 

डोङफेङको भोयाद्वारा नयाँ हुवावे हार्मोनीओएस, ८०० भि पिएचइभि र इभि संस्करणसहितको ताइशान एक्स८ एसयुभी सार्वजनिक
  • ९ घण्टा 

मेटाको निर्णयः ८ हजार कर्मचारी कटौती गर्दै एआईतर्फ केन्द्रित हुने
  • १४ घण्टा 

२०८३ साल तपाईको लागि यस्तो रहेको छ, हेर्नुहोस् वार्षिक राशिफल
  • २० घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २० घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • २० घण्टा 

आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै
  • २० घण्टा 

प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी
  • १ दिन 

२०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ वैशाख ०३ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ चैत ३० गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ४. अण्डाको मूल्यमा वृद्धि, क्रेटको कति ?

  • ५. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ६. इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो

  • ७. नयाँ एफजेड एफआइ न्यू जेन सार्वजनिकसँगै भृकुटिमण्डपमा सुरु भयो वैशाख ५ सम्म ‘यामाहा ब्लू फेस्ट’

  • ८. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ९. २०८३ वैशाख ०२ गते बुधबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

यी हुन् नेपालमा भएका केही ठूला विमान दुर्घटना

जानकारी केन्द्र २०७९, माघ, २

बीबीसी । पोखरामा अवतरणका क्रममा आइतवार बिहान दुर्घटनामा परेको यती एअरलाइन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको उक्त वायुसेवा कम्पनीले पुष्टि गरेको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार तीमध्ये केही शव दुर्घटनास्थलबाट निकालेर अस्पताल लगिएको छ ।

नेपाली सेनाका अनुसार विमान खसेको खोँचमा आइतवार अपराह्णसम्म कोही जीवितै फेला परेका छैनन् । हराइरहेका यात्रुको खोजी भइरहेको यती एअरलाइन्स र नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन् ।

आन्तरिक उडानमा रहेका विमान दुर्घटनामा पर्दा यो नै सबैभन्दा ठूलो मानवीय क्षति भएको घटना भएको पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताएका छन् ।

सरकारले दुर्घटना बारे छानबिन गर्न एउटा आयोग गठन गरेको छ तथा वायुसेवाहरूलाई आन्तरिक उडानमा रहेका विमानहरूको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन पनि दिएको छ ।

प्राधिकरण तथा यती एअरलाइन्सका अनुसार विमानमा चालकदलका चार सदस्यसहित ७२ जना सवार थिए । विमान बिहान १०स्५० बजे अन्तिम पटक सम्पर्कमा आएको प्राधिकरणले जनाएको छ ।

खोजी तथा उद्धारकार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू परिचालित भएका छन् । यती एअरलाइन्सले आफ्नो विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरूको शोकमा सोमवार आफ्ना सबै उडानहरू स्थगित गरेको छ ।

विमान अवतरण हुने क्रममा दुर्घटना
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीका अनुसार 9N-ANC, ATR-72 500  विमानले अवतरण गर्न “१० देखि २० सेकेन्ड मात्रै बाँकी” थियो । विमान काठमाण्डूबाट १० बजेर ३२ मिनेटमा उडेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हालैमात्र सञ्चालनमा आएको हो ।

विमानमा को थिए ?
नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानमा ६८ यात्रुमध्ये ५३ जना नेपाली र अरू विदेशी नागरिक थिए । यती एअरलाइन्सका अनुसार विमानमा भएका ७२ जनामध्ये ३७ पुरुष र २५ महिला थिए । यात्रुमध्ये तीन बालक र तीन शिशु थिए ।

नेपालमा भएका केही विमान दुर्घटना
मे २०२२ – पोखराबाट जोमसोमका लागि उडेको एअरको यात्रुवाहक ट्विनअटर 9NAET  विमान दुर्घटनामा पर्दा २२ जनाको मृत्यु
एप्रिल २०१९ – सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरमा गएर ठोकिँदा कम्तीमा तीन जनाको मृत्यु
फेब्रुअरी २०१९ – एअर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरानजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु
सेप्टेम्बर २०१८ – गोर्खाबाट काठमाण्डू आउँदै गरेको एल्टिट्यूड एअरको हेलिकप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त, एक जापानी पर्यटक र अन्य पाँच जनाको मृत्यु
मार्च २०१८ – बाङ्ग्लादेशबाट नेपाल आएको यूएस-बाङ्ग्ला एअरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त, ५१ जनाको मृत्यु
फेब्रुअरी २०१६ – पोखराबाट जोमसोम उडेको तारा एअरको विमान दुर्घटनाग्रस्त, २३ जनाको मृत्यु
मे २०१५ – भूकम्पपछिको राहत तथा उद्धारकार्यमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर चरीकोटनजिकै दुर्घटनाग्रस्तस छ अमेरिकी सैनिक, दुई नेपाली सेनाका अधिकारी र पाँच सर्वसाधारणको मृत्यु
जुन २०१५ – सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदाउट बोर्डसले चार्टर गरेको हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
मार्च २०१५ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सुका कारण टर्किश एअरको विमान धावन मार्गबाट चिप्लिँदा चार दिन विमानस्थल बन्द
फेब्रुअरी २०१४ – पोखराबाट जुम्ला उडेको नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीमा दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु
सेप्टेम्बर २०१२ – काठमाण्डूबाट लुक्ला उडेको सीता एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनाग्रस्त, विमानमा रहेका सबै १९ जनाको मृत्यु
मे २०१२ – भारतीय तीर्थयात्री बोकेर पोखराबाट जोमसोम उडेको अग्नि एअरको विमान जोमसोम विमानस्थलनजिकै दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु
सेप्टेम्बर २०११ – हिमालको दृश्यावलोकन अर्थात् माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको एउटा विमान काठमाण्डूनजिकै कोतडाँडामा दुर्घटनाग्रस्तस नेपाली, भारतीय, र अन्य देशका नागरिकसहित १४ जनाको मृत्यु
डिसेम्बर २०१० – लामीडाँडाबाट काठमाण्डू उडेको विमान ओखलढुङ्गामा दुर्घटनामा पर्दा १९ यात्री र चालकदलका तीन सदस्यको मृत्यु
अगस्ट २०१० – काठमाण्डूबाट लुक्लातर्फ उडेको विमान दुर्घटनामा पर्दा १४ जनाको मृत्यु
अक्टोबर २००८ – लुक्ला विमानस्थलमा अवतरण गर्ने बेला दुर्घटनामा १८ जनाको मृत्यु, एक जना घाइते
सेप्टेम्बर २००६ – सङ्खुवासभाको घुन्सामा श्री एअरको हेलिकप्टर दुर्घटनामा पर्दा २४ जनाको मृत्यु, मृत्यु हुनेमा वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा. हर्क गुरुङ, डा. सीबी गुरुङ, तीर्थमान मास्के

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
डोङफेङको भोयाद्वारा नयाँ हुवावे हार्मोनीओएस, ८०० भि पिएचइभि र इभि संस्करणसहितको ताइशान एक्स८ एसयुभी सार्वजनिक
मेटाको निर्णयः ८ हजार कर्मचारी कटौती गर्दै एआईतर्फ केन्द्रित हुने
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

ताजा

२०८३ वैशाख ०६ गते आईतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

डोङफेङको भोयाद्वारा नयाँ हुवावे हार्मोनीओएस, ८०० भि पिएचइभि र इभि संस्करणसहितको ताइशान एक्स८ एसयुभी सार्वजनिक

मेटाको निर्णयः ८ हजार कर्मचारी कटौती गर्दै एआईतर्फ केन्द्रित हुने

२०८३ साल तपाईको लागि यस्तो रहेको छ, हेर्नुहोस् वार्षिक राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.