कुल देउतालाई बलि दिन भन्दै मामाले गरे भान्जाको हत्या !
दाङ । सल्यानमा आफ्नै मामाले ७ वर्षका भान्जाको कुलदेउतालाई बलि दिन भन्दै हत्या गरेका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १० माझकाँडा निवासी २४ वर्षीय डम्बर पुरीले सहोदर ठूली दिदीको छोरा रिजन घर्तीलाई घरको कुलदेउताको थानमा लगेर हत्या गरेको वडा अध्यक्ष मोतीलाल घर्तीले जानकारी दिए ।
मृतक बालक हर्सिङ घर्तीका छोरा हुन् । ‘आफ्नै छोरासंग खेलिरहेको भान्जालाई दिउँसो १ जे कुलदेउताको थानमा लगेर खुर्पाले काटे छ ।’ वडा अध्यक्ष घर्ती भन्छन् ‘छोराले देखेर बाबाले रिजनलाई काट्यो भन्दै चिच्याउँदै दौडेपछि बालकको आमा जाँदा उनलाई पनि खुर्पाले लखेटेपछि गाउँले सबै मिलेर समातेर प्रहरीलाई बुझाए छन् ।’
मृतक भान्जा र मामाको घर नजिकै पर्छ । आरोपीले झारफुकको समेत काम गर्ने गर्दै आएका थिए । मृतक बालककी आमा घटना लगत्तै बेहोस भएपनि यो समाचार तयार पार्दासम्म होसमा नआएको वडाध्यक्ष घर्तीले बताए । आरोपीलाई २ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल प्रसाद श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
