दिनेश राजवंशीसहित तीन राष्ट्रिय फुटबलर अस्ट्रेलिया प्रस्थान
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमबाट नियमित फुटबल खेलिरहेका खेलाडीको पलायन क्रम रोकिएको छैन्। पछिल्लो दुई वर्षमा करिब १५ भन्दा बढी फुटबलर अस्ट्रेलिया प्रस्थान गरिसकेका छन्। मंगलबार त्यहि लहरमा थप तीन राष्ट्रिय खेलाडी थपिएका छन्। जसमा डिफेन्डरहरु दीनेश राजवंशी र गौतम श्रेष्ठसँगै मिडफिल्डर तेज तामाङ सोमबार अस्ट्रेलिया प्रस्थान गरेका छन् ।
अखिल नेपाल फुटबल संघले समयमा लिग तथा प्रतियोगिता गर्न नसक्दा तथा खेलाडीले राम्रो देशमा अवसर पाउँदा पलायन रोकिएको छैन्। अझै अस्ट्रेलियाको लाइनमा धेरै खेलाडीहरु रहेको एन्फा स्रोतले बतायो। निरन्तर उत्कृष्ट खेलाडीहरु विदेशिएपछि ए डिभिजन क्लबहरुलाई देशभित्रबाट राम्रा फुटबलर जम्मा गरेर टिम बनाउननै सकस हुँदै गएको छ।
नेपालबाट अस्ट्रेलिया पुगेका खेलाडीहरुले स्थानिय प्रतियोगितासँगै नेपाली मूलका अन्य खेलाडीसँग विभिन्न क्लबमा खेल्दै आएका छन्। अष्ट्रेलियाको व्यवसायिक लिगमा भने नेपाली खेलाडीले मौका पाएका छैनन्।
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
