सभामुखबारे निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक सुरु
काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको छ।आज बिहान बसेको बैठकमा प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दिने वा नदिनेबारे कुराकानी भइरहेको हो। सभापति देउवाले पार्टीबाट सभामुखमा उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा नेताहरूका सुझाव मागेका छन्।
कांग्रेसमा सभापति देउवासहित १३ जना पदाधिकारी छन्। साथै आजको बैठकमा सभापति देउवाले पूर्वपदाधिकारीहरूलाई पनि बोलाएका छन्। गत पुस २६ गते कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो। मंगलबार बालुवाटारमा भएको सर्वदलीय छलफलमा पनि कांग्रेस नेताहरूले आफूहरू प्रमुख प्रतिपक्षमै बस्ने भए पनि सभामुख तथा राष्ट्रपतिलगायत पदमा छलफल गर्न तयार रहेको बताएका थिए।
तर सभामुख र राष्ट्रपति दुवै पद नेकपा एमालेले पाउने सत्ता साझेदार दलको बैठकमा सहमति भइसकेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका थिए। सभामुख चयनका लागि आज दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम छ भने बिहीबार प्रतिनिधि सभामा सभामुख चयन गरिनेछ।
सम्बन्धित समाचार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर
भक्तपुरमा भेस्पा र अप्रिलियाको आधुनिक सुविधासहित नयाँ शोरुम सञ्चालनमा
पोखरामा एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प, बिक्रीपछिको सेवामा जोड
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

