न्युजिल्याण्डकी प्रधानमन्त्रीले दिइन् राजीनामा, भनिन्- ‘नेतृत्व गर्ने हिम्मत छैन’
जानकारी केन्द्र
२०७९, माघ, ५
एजेन्सी । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । उनले आगामी महिना न्युजिल्याण्डको प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेकी हुन् ।
प्रधानमन्त्री आर्डर्नले एक कार्यक्रमलाई सम्बोधन गर्दै ७ फेब्रुअरी आफ्नो कार्यकालको अन्तिम दिन हुने घोषणा गर्दै लेबर पार्टीको नेताबाट राजीनामा दिने जानकारी दिइन् ।
गत ६ वर्ष चुनौतीपूर्ण पदमा बसेपछि अबको चार वर्षसम्म योगदान गर्न विशेष केही बाँकी नरहेको उनको भनाइ छ । राजीनामाको घोषणा गर्दै जसिन्डाले भनिन्( ‘अब समय आएको छ । मसँग अर्को ४ वर्ष नेतृत्व गर्ने हिम्मत छैन ।’
न्युजिल्याण्डमा आगामी १४ अक्टोबरमा आम निर्वाचन हुँदैछ । सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री चुनिएपछि आर्डर्न विश्वकै कान्छी महिला सरकार प्रमुख बनेकी थिइन् ।
सम्बन्धित समाचार
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
