न्युजिल्याण्डकी प्रधानमन्त्रीले दिइन् राजीनामा, भनिन्- ‘नेतृत्व गर्ने हिम्मत छैन’
जानकारी केन्द्र
२०७९, माघ, ५
एजेन्सी । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । उनले आगामी महिना न्युजिल्याण्डको प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेकी हुन् ।
प्रधानमन्त्री आर्डर्नले एक कार्यक्रमलाई सम्बोधन गर्दै ७ फेब्रुअरी आफ्नो कार्यकालको अन्तिम दिन हुने घोषणा गर्दै लेबर पार्टीको नेताबाट राजीनामा दिने जानकारी दिइन् ।
गत ६ वर्ष चुनौतीपूर्ण पदमा बसेपछि अबको चार वर्षसम्म योगदान गर्न विशेष केही बाँकी नरहेको उनको भनाइ छ । राजीनामाको घोषणा गर्दै जसिन्डाले भनिन्( ‘अब समय आएको छ । मसँग अर्को ४ वर्ष नेतृत्व गर्ने हिम्मत छैन ।’
न्युजिल्याण्डमा आगामी १४ अक्टोबरमा आम निर्वाचन हुँदैछ । सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री चुनिएपछि आर्डर्न विश्वकै कान्छी महिला सरकार प्रमुख बनेकी थिइन् ।
सम्बन्धित समाचार
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ अघि नै काठमाडौंमा देखियो चेरी क्यु
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

