नेप्सेमा सामान्य सुधार
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.७१ अंकले बढेर २१७८. ८१ विन्दुमा पुगेको छ । नेप्से ०.२६ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि १.१५ अंकले बढेर ४१५.०५ विन्दुमा झरेको छ ।
कूल २४६ वटा कम्पनीको ८२ लाख ४७ हजार ६ सय ४६ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३ सय २९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ७ वटा उपसमूहको सेयर घटेको छ भने बाँकी ६ वटा उपसमूहको सेयर बढेको छ ।
आज एनआईसी एशिया बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको १८ करोड ४ लाख ४४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । बिहीबार आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८ सय ४८ रूपैयाँ २० पैसा पुगेको छ ।
आज कुमारी धनवृद्धि योजनाको मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त फण्डको मूल्य ८.८९ प्रतिशतले घटेर ९ रूपैयाँ २ पैसामा झरेको छ ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
