उपसभामुख पदका लागि आज मनोनयन दर्ता
काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनका लागि शुक्रबार मनोनयन हुँदैछ । आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको कार्यसूची छ। उपसभामुख चयनका लागि शनिबार बस्ने प्रतिनिधिसभाको बैठकमा निर्वाचन हुँदैछ।
सत्ता गठबन्धनले उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज ९ बजे बस्ने र बैठकले पार्टीको उपसभामुख उम्मेदवारबारे निर्णय गर्ने बताइएको छ।
काठमाडौँ २ बाट निर्वाचित भएकी २७ वर्षीय सांसद सोबिता गौतमलाई स्वतन्त्र पार्टीले उपसभामुखको उम्मेदवार बनाउने करिब निश्चितजस्तै छ। सोवितासँगै चन्दा कार्की, सुमना श्रेष्ठ र इन्दिरा रानामगर पनि उपसभामुखका लागि आकांक्षी छन् ।
सभामुखमा भने एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।
संविधानअनुसार सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने व्यवस्था छ । गौतमलाई उम्मेदवार बनाउन संविधानको उक्त व्यवस्थाको समेत सम्बोधन हुनेछ ।
सम्बन्धित समाचार
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
