उपसभामुखको निर्वाचन आज हुँदै, रास्वपाकी राना र कांग्रेसकी यादवबीच प्रतिष्पर्धा
काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन शनिबार हुँदैछ । आज दिउँसो १ बजे हुने उपसभामुखको निर्वाचनका लागि दुई जनाको उम्मेदवारी परेको छ।
संसद् सचिवालयका अनुसार शुक्रबार दिउँसो चार बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयसीमामा दुई जनाको उम्मेदवारी परेको हो । संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०की इन्दिरा राना र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवको उम्मेदवारी परेको छ।
रानाको प्रस्तावकमा रास्वपाकै सोबिता गौतम छन् भने एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रका नारायणी शर्मा र राप्रपाका राजेन्द्र प्रसाद लिङ्देन समर्थक छन् ।
यस्तै, यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला छन् ।
यसअघि, प्रतिनिधिसभाको सभामुखमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेलाई पराजित गर्दै नेकपा एमालेका देवराज घिमिरे सभामुख निर्वाचित भइसकेका छन् ।
सम्बन्धित समाचार
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
