Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

झापाका संचारकर्मी घिमिरेलाई ज्यान मार्ने धम्की

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, ८
झापाका संचारकर्मी घिमिरेलाई ज्यान मार्ने धम्की

काठमाडौं । संचारकर्मी खगेन्द्र घिमिरेलाई ज्यान मार्ने धम्की आएको छ । झापाको बाहुनडागीका केही युवाले उनलाई ज्यान मार्ने धम्की दिएका हुन् । पत्रकार घिमिरेलाई समचार प्रशारण गरेको विषयमा ९८१४९१४८३३ नम्बरबाट ज्यान मार्ने धम्की आएको हो ।

घिमिरेले केही दिन अघि बाहुनडागीमा डयुटिको समय चुरोट खादै व्यापारीसँग मिलेमतोमा घुस खादै गरेको भिडियो साझा परिवेश डट कमबाट सार्वजनिक गरेका थिए ।

यसै विषयमा घिमिरेलाई बाहुनडागी आइस भने तीन फुट चार इन्च तल गाड्ने भन्दै धम्की आएको हो । घिमिरे अनुसन्धान मिडिया र साझा परिवेश मिडियामा आवद्व रहेका छन् ।

Top Changing Nepal

युट्युब सट्स