बालविवाह रोकथामको उपाय : २० वर्षपछि विवाह गरेमा सिलिन्डर उपहार
बाँके । बाँकेको खजुरा गाउँपालिकाको एउटा वडाले २० वर्षपछि विवाह गर्नेलाई सिलिन्डर सेट उपहार दिने निर्णय गरेको छ । मधेसी, मुस्लिम समुदायको बाक्लो बसोबास रहेको वडा नं। ५ ले यस्तो निर्णय गरेको हो । वडाध्यक्ष गरिवे शेषले बालविवाह रोकथाम गर्न यस्तो उपहारको योजना ल्याएको बताए ।
‘हाम्रो वडामा बालविवाह अलि बढी नै छ । त्यसको रोकथामका लागि हामीले सिलिन्डर सेट उपहार योजना ल्याएका छौं’, वडाध्यक्ष शेषले भने- ‘यो योजनाले बालविवाह रोकथाममा सहयोग पुयाउने आशा गरेका छौं ।’ वडाले माघ ३ गतेपछि २० वर्ष उमेर पुगेर विवाह गरेकालाई यस्तो उपहार दिने बताएको छ ।
उमेर पुगेर विवाह गरेकाले नागरिकता, विवाह हुने प्रमाण, उमेर खुल्ने प्रमाण दुलाहा दुलही दुवैको पेस गर्नुपर्नेछ । यो उपहार योजना वडा नं। ५ का स्थायी बासिन्दाका लागि मात्रै लागू गरिएको छ । बाँकेको मधेसी, मुस्लिम बस्तीमा बालविवाह बढी हुने गरेको छ । आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।
सम्बन्धित समाचार
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
